नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालय भवन निर्माणको काम अन्तीम चरणमा पुगेको छ । माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज तथा बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल(राजन)ले पार्टी कार्यालय भवन निर्माणको काम ८० प्रतिशत भन्दा बढि सकिएको कमलामाई मिडिया प्रालिलाई जानकारी दिनुभयो । उहाँका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) लाई बोलाएर नेकपा(माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालय फागुनको तेसा्रे साता उद्घाटन गरिने छ ।
पार्टी कार्यलयको भवन निर्माणको लागि कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार भगवति बोर्डिङ अगाडिको १२ धुर जग्गा असार १२ गते बैना गरिएको थियो । १२ धुर जग्गा रु ७१ लाख ५० हजारमा खरिद गरिएको हो। साउन १ गतेबाट पार्टी कार्यलयको भवन निर्माण कार्य शुरु गरिएको नेकपा(माओवादी केन्द्र) सिन्धुलीले जनाएको छ ।
पार्टी कार्यलयको भवन साढे तीन तलाको निर्माण गरिएको इन्चार्ज दाहालले बताउनु भयो । जसमा पहिलो तलामा मिटिङहल रहने, दोस्रो तला रोडसँग जोडिने भएकाले व्यवसायिक हिसाबले सटरहरु राखिने, जहाँ ५ वटा सटर रहेका छन् । तेस्रो तलामा पार्टी कार्यलय र माओवादी केन्द्र निकट शिक्षक कार्यलय राखिने र अन्तिम तलामा खाने बस्ने व्यवस्था गरिने इन्चार्ज दाहालले बताउनु भयो । साढे तिन तलामा १३ वटा कोठा निर्माण भएको छ ।
भवन निर्माणको लागि माओवादी केन्द्र पार्टी प्रति आस्था र विश्वास भएका व्यक्ति कार्यकर्ताहरुबाट नै आर्थिक संकलन गरिएको माओवादी केन्द्रले जनाएको छ । राज्यको बजेट बिनियोजन गरेर पार्टी कार्यलय निर्माण गर्दा बढि नै दुरुपयोग तथा अनियमितता हुने देखिएकाले पार्टी कै नेता तथा कार्यकर्ताहरुबाट स्वइच्छाले संकलन गरिएको सहयोगबाट पार्टी कार्यालय निर्माण गरिएको नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटि सदस्य विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिनुभयो । उहाँका अनुसार विकासको बजेट मार्फत पार्टीको भवन निर्माण गर्नु एक किसीमको भष्ट्रचार भएकाले आफ्नो कार्यलय आफैले निर्माण गरिएको हो ।
पार्र्टी चलाउने माध्यमको रुपमा पार्टी कार्यलय निर्माणको लागी बजेट विनियोजन गर्ने गरिएको माओवादी केन्द्र सिन्धुलीका नेताहरुले बताएका छन् । निर्वाचित क्षेत्र विकास कोषको बजेट भौतिक पुर्वाधार जनताको काम गर्नेको लागी दिइएको वजेट हो त्यसैले एउटा समुहको प्रयोजनको लागी खर्च गरिनु उचित नभएको पार्टी जिल्ला इन्चार्ज दाहालले बताउनु भयो । जसबाट सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले पाठ सिक्न जरुरी रहेको नेताहरुको भनाई छ ।
पार्टी कार्यलय निर्माण सम्पन्न गर्नको लागी रु २ करोड ५० लाखको खर्र्च हुने अनुमान गरिको माओवादी केन्द्रका नेता हेम कार्की (प्रकाश)ले जानकारी दिनुभयो ।