मधेश प्रदेशका आठ जिल्लामा कार्यरत सय भन्दा बढी प्रहरी कर्मचारीहरुको जिम्मेवारी खोसिएको छ ।मधेश प्रदेशका आठै जिल्लामा कार्यरत एक सय १३ जना प्रहरी कर्मचारीहरुको जिम्मेवारी खोसिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
उनका अनुसार सादा पोसाकमा काम गर्ने घुमुवा तथा गैर व्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको जिम्मेवारी खोसिएको हो।प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको र सो वापत चर्काे कमिसन असुली भएको भन्ने विषयमा चौतर्फी आलोचना भएपछि छानविन सुरु गरेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले एक सय १३ जना प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको हो ।
गैर व्यावसायिक गतिविधिमा संलग्न प्रहरीको पहिचान गर्ने र त्यहाँबाट अन्यत्र पठाउने काम अझै जारी रहेको डीआईजी चतुर्वेदीले बताए ।उनीहरूलाई कार्यरत रहेको ठाउँबाट अन्यत्र सरुवा गरी पठाइएको र अन्यको पनि पहिचान गर्ने काम भइरहेको डीआईजी चतुर्वेदीले बताए ।