करेन्ट लागेर श्रीमतीको मृत्यु श्रीमान घाईते

368 Shares

सर्लाहीकाे ईश्वरपुर नगरपालिका ९ स्थित रामनगरमा करेन्ट लागेर श्रीमतीको मृत्युु भएको छ भने श्रीमान घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका ९ स्थित रामनगरमा आफ्नाे घर अगाडि ११ हजार भाेल्टकाे तारमा वाईफाईकाे तार बेरिएर भुँईमा खसेकाे टिप्न पुग्दा श्रीमान अन्दाजी ३४ वर्षिय रम्भा महताेलाई करेन्ट लागेकाे र उनलाई जोगाउन जाँदा अन्दाजी २८ वर्षिय श्रीमती कुसुम देवी महताेलाई पनि करेन्ट लागेपछि कुसुमकाे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र उनका श्रीमान रम्भाको बयलबास बजारस्थित रहेकाे अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार