इश्वरपुर १२ पिपलदमार क्षेत्रमा लगाइएको करिब ५ बिघाको गाँजा फडानी गरी नष्ट

395 Shares


सर्लाही प्रहरीले इश्वरपुर नगरपालिका १२ स्थित पिपलदमार क्षेत्रमा लगाईएको प्रतिवन्धीत लागु औषध गाँजा फडानी गरी नष्ट गरेको छ । इश्वरपुर नगरपालिका १२ स्थित पिपलदमार क्षेत्रमा लगाईएको करिब ५ बिघा क्षेत्रफलको प्रतिवन्धीत लागु औषध गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्दै पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका १२ स्थित पिपलदमार क्षेत्रमा प्रतिवन्धीत लागु औषध गाँजा खेती भईरहेको विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको ४२ जनाको प्रहरी टोलीले करिब ५ बिघा क्षेत्रफलमा लगाईएको प्रतिवन्धीत लागु औषध गाँजा फडानी गरी नष्ट गरेको हो ।
सर्लाही प्रहरीले पछिलला दिनहरुमा लगातार प्रतिवन्धीत लागु औषध गाँजा फडानी गरी नष्ट गर्न थालेको छ ।थोरै मेहनतामा राम्रो आम्दानी हुने भएपछि जिल्लाको उत्तरी चुरे क्षेत्रका स्थानीयले अन्यबालीहरुको विकल्पको रुपमा प्रतिवन्धीत लागु औषध खेती गर्ने गरेका पाइएको छ ।

सम्बन्धित समाचार