सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको नवलपुर सर्प दंश उपचार केन्द्रमा अहिलेको चिसोको समयमा पनि सर्पदंशका बिरामी निरन्तर आई रहेका छन् ।मधेशमा प्राय गर्मीयाममा मात्रै देखिने विषालुु सर्प रसर्प दंशका बिरामीहरु चिसोयाममा पनि आउन थालेपछि विषालु सर्प चिसोयाममा पनि देखा पर्न थालेका नवलपुर सर्प दंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए ।उनका अनुसार तापक्रम अत्यधिक हुँदा जमिन तातेर विषालुु सर्प बाहिर धेरै निस्कने र सो समयमा सर्प दंशकमा बिरामीहरु बढ्ने गरेका भएपनि अहिले चिसोयामममा पनि विषालुु सर्प दंशका बिरामीहरुआई रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को मंसिर महिनामा मात्रै २५ जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका उनले बताए।सर्पले डसेर आएका पुरुष १७ जना,महिला सात जना र बालबालिका दुुई जनाको उपचार गरिएको नवलपुर सर्प दंश उपचार केन्द्रका प्रमुख जगर्नाथ यादवले जानकारी दिए।उनका अनुसार उपचार केन्द्रमा गर्मीयाममा दैनिक छ÷सात जनासम्म सर्पदंशका बिरामी भर्ना हुने गरेका थिए ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा ५४ जना महिला, ३९ जना पुरुष र १४ जना बालबालिका गरि एक सय सात जना,भदौमा ३३ जना महिला,४० जना पुरुष र १५ जना बालबालिका गरी ८८ जना,असोजमा ४१ जना महिला,३२ जना पुरुष र १८ जना बालबालिका गरी ९१ जना,कार्तिकमा २७ जना महिला,२० जना पुरुष र पाँच जना बालबालिका गरी ५२ जना सर्प दंशका बिरामीले केन्द्रमा उपचार गराएका केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ।तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा तीन सय छ जना सर्प दंशका बिरामीले केन्द्रमा उपचार गराएका छन् ।