सर्लाहीको बरहथवा नगरपालिका १० कटानीका अन्तरजातीय विवाह बन्धनमा बाँधिएका जोडी आफ्नो घर आएका छन्।अन्तरजातिय विवाह गरेका सत्येन्द्र राम(चमार)र नेहा रौनियार बरहथवा नगरपालिका १० कटानी घर आएका छन्।सत्येन्द्र र नेहालाई लिएर बुवा इन्दल र आमा गीतादेवीसँगै बरहथवा नगरपालिका १० कटानीस्थित घर फर्किएका हुन्।चमार परिवारको घर केही समयदेखि सुनसान थियो।सत्येन्द्रले अन्तरजातिय विवाह गरेका र सो जोडीलाई छुटाउन सरकारका गृहमन्त्री रमेश लेखक र प्रहरीका अधिकारी नै लागेको भन्ने चर्चा चलिरहेकै छ ।
सोही क्रममा सत्येन्द्र र नेहा बुवाआमासँगै काठमाडौंबाट गाउँ आइपुुगेका उनको परिवारले जनाएको छ।जिल्ला प्रशासन कार्यालय मलंगवा,सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल लगायतले सत्येन्द्र र नेहासंग घरमै पुुगेर भेट गरेका छन् ।
सुरक्षा अधिकारीले ढुक्कसँग बसोवास गर्न आग्रह गरेका सत्येन्द्रको परिवारले जनाएको छ ।उक्त परिवारलाई आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको एक प्रहरी अधिकारीले बताए।जिल्लाका सुरक्षा अधिकारीहरुसंगको भेटमा सत्येन्द्रको परिवारले अदालतमा अहिले पनि मुद्दा चलिरहेकाले यस विषयमा अनावश्यक प्रचार प्रसार नगरीदिन र स्वतन्त्रपूर्वक जिउने वातावरण कायम गरिदिन आग्रह गरेका छन् ।