नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमा उपचार गराइरहेकी सपना मोक्तानको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने आश्वासन दिनु भएको छ ।
अध्यक्ष पन्तले शनिबार काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत मोक्तानलाई भेटेर सम्पूर्ण खर्च नेकपा सर्लाहीले व्यहोर्ने आश्वासन दिनु भएको हो । उहाँले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले लिने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नु भएको छ ।
मोक्तानको सम्पूर्ण खर्च मैले जिम्मेवारी लिएको छु’, ‘सपनाका श्रीमानलाई पनि दैनिक खाना खर्च समेत उपलब्ध गराउँछु।’अध्यक्ष पन्तले बताउनु भयो ।अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिनु भएको छ ।औषधि लिन सहज होस् भनेर पन्तले सो मेडिकलको कार्ड समेत उपलब्ध गराइदिनु भएको छ ।

सो कार्ड देखाएपछि मेडिकलले मोक्तानको उपचारमा चाहिने औषधि उपलब्ध गराउनेछ । सर्लाहीको हरिवन नगरपालिका– १० माइती घर रहेकी मोक्तान बिरामी भइ वीर अस्पतालमा उपचारत अवस्थामा रहेकी छिन् । उनको अवस्था गम्भीर रहेको छ ।
अध्यक्ष पन्तले वीर अस्पतालमा पुगेरै मोक्तान र उनका श्रीमानसँग भेटेर खर्चको चिन्ता नलिन अनुरोध गर्नु भएको हो ।उपचारमा सहयोग गरि दिनु भएकोमा डा.विकास यादव, स्वास्थ्य अधिकृत पाण्डव बराल, नेता केदार मैनाली लगायतलाई पीडित परिवाले धन्यावाद दिएका छन ।