Close This

ठुलो मात्रामा लागु औषध सहित पक्राउ परेका प्रहरीबरिष्ठ हबल्दार सिंह सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३२ गते   ५३२ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो मात्रामा लागू औषध सहित नियन्त्रणमा लिइएका प्रहरी बरिष्ठ हबल्दार सार्वजनिक गरेको छ । जिल्लाको लालवन्दी नगरपालिका १ नवलपुरको चालिसे टोल स्थित प्रभाष चालिसेको उखुवारीमा फेला परेको ठुलो मात्रामा लागू औषधको विशेष अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बोयाङ भोजपुर दरबन्दी भई ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत रहेका प्रहरी बरिष्ठ हबल्दार सुबोध कुमार सिंहको संग्लग्नता रहेको खुलेपछि सर्लाही प्रहरीले लागु औषध सहित बरिष्ठ हबल्दार सिंहलाई सार्वजनिक गरेको हो ।
रौतहटको बृन्दाबन नगरपालिका ८ घर भई ईलाका प्रहरी कार्यालय बोयाङ भोजपुर दरबन्दी भई ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत रहेका प्रहरी बरिष्ठ हबल्दार सिंहले असार २८ गते राती करीव ९ वजे आफ्नो खाद्यान्नको सामान हो भोली बाहिर पठाउनु छ आज यहाँ राख्छु भनि आफैले बोकी लगि छिमेकीको घरमा राखेकोमा सामान लिन नआए पश्चात पटक पटक जानकारी गराउँदा लिन नआएकोले शंका लागि छिमेकीले आफ्नो घर नजिकै रहेकोे उखुवारीमा फालि प्रहरीलाई जानकारी गराएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो । उहाँकबा अनुसार प्रहरी बरिष्ठ हबल्दार सिंहलाई नियन्त्रणमा लिई थप सोध–पुछ एवम अनुसन्धान गर्दा सो कुरा खुल्न आएकोले उनलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका प्रहरी बरिष्ठ हबल्दार सिंहलाई ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले उनको कोठमा लगी खानतलासी गर्दा १ बोरा लागु औषध कोडिवेल १०० मिलिग्रामको ९० बकोतल समेत बरामद् भएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनु भयो ।
स्थानियले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुग्दा ४ वटा बोरामा वेवारीसे अवस्थामा कोडिवेल १०० मिलिग्राको ४४६ बोतल र विनरेक्स १०० मिलिग्रामको १५३ बोतल गरी कुल ५९९ बोतल लागू औषध फेला परेको थियो ।ठुलो मात्रामा लागु औषध सहित पक्राउ परेका प्रहरी बरिष्ठ हबल्दार सिंहलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech