फागुन १८ गते कविलासी १० सलेमपुरमा भएको घटना प्रति ख्रिष्टियन समाज सर्लाहीको ध्यानाकर्षण

1.4k Shares

ख्रिष्टियन समाज सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।सर्लाहीको कविलासी नगरपालिका १० सलेमपुरमा फागुन १८ गते नेपालको संविधानले सुनिश्चीत गरेको धार्मिक स्वतन्त्रताको हक अनुसार ख्रीष्टियन आस्था अभ्यासको क्रममा हिन्दु सम्राट सेनाले अमानविय,अमर्यादित गतिविधि सहितको दुव्र्यवहार,अपशब्द बोली,कुटपीट, गालिगलोज,बाइबल खोस्ने च्यात्ने,जलाउने,डर,त्रास र धम्की समेत दिएको भन्दै आफुहरुको गंभिरध्यानाकर्षण भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

94b0bc11-1be0-4735-aac0-a462a56a414b.jpg
फागुन १८ गते हिन्दु सम्राट सेनाका केन्द्रिय उपाध्यक्ष कृष्ण यादवको टोलीले बागमती नगरपालिका ५ का महिला दिदि बहिनीहरुमाथि कविलासी नगरपालिका १० सलेमपुरमा धार्मिक स्वतन्त्रताको हक विपरित अमानविय,अमर्यादित गतिविधि सहितको दुव्र्यवहार,अपशब्द बोली,कुटपीट,गालिगलोज,बाइबल खोस्ने च्यात्ने,जलाउने,डर,त्रास र धम्की समेत दिएका भन्दै प्रमुख जिल्ला अधिकारी धमलालाई ध्यानाकर्षण पत्र बुझाएको ख्रिष्टियन समाज सर्लाहीका सचिव धनलाल थोकरले जानकारी दिए ।“ख्रिष्टियन समाज सर्लाहीका अभियान्ताहरुलाई अमानविय,अमर्यादित गतिविधि सहितको दुव्र्यवहार,अपशब्द बोली,कुटपीट,गालिगलोज,बाइबल खोस्ने,च्यात्ने,जलाउने,डर,त्रास र धम्की समेत गरि जबरजस्ती हिन्दु नारा जय श्री राम भन्न लगाउने जस्ता कार्य अनुमति विना जबरजस्ती भिडियो खिचेर सामाजिक संञ्जालमा पोस्ट गरि अल्पसंख्यक धार्मिक समुदाय विशेष गरि सिङ्गो ईसाइ समुदायको आत्मसम्मानमा ठेस पुराउने निन्दनिय कार्य गरेको हुँदा सर्लाही जिल्ला स्खीष्टियन समुदायको गम्भीर ध्यानाकर्षण भएको छ । सो गतिविधिमा संलग्न व्यक्तिहरु हिन्दु सम्राट सेनाको केन्द्रिय उपाध्यक्ष कृष्ण यादव लगायतकालाई अब उपरान्त यस्तो प्रकारको अराजक गतिविधि नगर्न नगराउन र नदोहोरिन,दोहोरिएमा नेपालको प्रचलित संविधानको ऐन कानुन अनुसार यथाशिघ्र कार्बाही गरिदिनुहुन श्रीमान् जिल्ला प्रमुख अधिकारी समक्ष ध्यानाकर्षण गराउदछौं ।”प्रमुख जिल्ला अधिकारी धमलालाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

4e31221b-b622-4de9-b0bd-7136074a9302.jpg
“विविधतामा एकताको नारा सहितको हाम्रो देश नेपालको संविधानले विभिन्न जात जाति भाषा–भाषी संस्कृति धर्म, सम्प्रदायहरुको मौलिक हक अधिकारलाई समान रुपमा सुनिश्चित एवम संरक्षण गर्दै आएको भएता पनि पछिल्लो समय अल्पसंख्यक धार्मिक समूदायहरु विशेष गरि ख्रीष्टियन समूदाय माथि विभिन्न स्थानमा विभिन्न प्रकारले प्रहार गरि समाजिक एवम धार्मिक सदभाव माथि नै प्रश्न चिन्ह् खडा भएको छ ।फागुन १८ गते शुक्रबार कविलासी नगरपालिका १० स्थित सलेमपुरमा अन्दाजी २ः३० बजे समयमा नेपालको संविधानले सुनिश्चीत गरेको आआफ्नो आस्थाको अभ्यास
गर्ने क्रममा हिन्दु सम्राट सैनाको केन्द्रिय उपाध्यक्ष कृष्ण यादवको टोलीले ख्रीष्टियनहरु प्रति गरेको अमर्यादित एवम अमानविय तरिकाले विभिन्न गालिगलोज,अपशब्द,कुटपीट,धार्मिक पुस्तक खोस्ने एवम जलाउने जस्ता दुव्र्यवहार गरि राज्यले प्रदान गरेको व्यक्तिगत एवम धार्मिक स्वतन्त्रताको मौलिक हक अधिकार माथि नै प्रहार भएको प्रति यस सर्लाही जिल्ला ख्रीष्टियन समाजको गम्भिर ध्यानाकर्षण भएको छ ।धार्मिक सहिष्णुता नै खलल् हुने गरि गरिएको उदण्ड व्यवहार एवम भिडियो बनाई सामाजिक संञ्जालमा चर्चित तुल्याउने कार्य निन्दनिय छ ।यस प्रकारको गतिविधिलाई निरुत्साहित तुल्याउन नेपाल सरकारको सम्बन्धित निकायहरुले यथाशिघ्र पहिचान गरि कानुनी दायरामा ल्याई न्यायोचित कारबाहि गरियोस भनि हामी नेपाल सरकारको समक्ष गम्भीर ध्यानाकर्षण गराउदछौं ।”सर्लाही ख्रिष्टियन समाजका अध्यक्ष कपिल देव चौधरी र सचिव ठोकरले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार