सर्लाहीको पश्चिमी क्षेत्रमा धानबालीमा रोग र कीराको प्रकोप

428 Shares

सर्लाहीका किसानहरुले लगाएको धान बालीमा रोग र कीराको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित देखिएका छन्।जिल्लाका किसानहरुले लगाएको धान बालीमा पसाइसकेको र पसाउने बेला भएको धान बालीको बाला सुक्ने,राते रोग र विभिन्न किसिमका कीरा फट्याङग्राको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित देखिएका हुन ।
पसाइसकेको र पसाउने बेला भएको धान बालीको बाला सुक्ने,राते रोग र विभिन्न किसिमका कीरा फट्याङग्राको प्रकोप देखिन थालेपछि रोग र कीरा नियन्त्रण गर्न औषधि छिट्न सुरु गरिएको किसानहरुको भनाई छ ।यो वर्ष आकाशे वर्षाले साथ दिँदा जिल्लामा धान बाली राम्रो भएको छ।बरहथवा,बसबरिया,धनकौल,रामनगर र बलरालगायत स्थानीय तहहरुका नदी तटीय क्षेत्रमा भने बाढी र डुबानले धेरै किसानहरुको धान बाली नष्ट भएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । 
यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको भएपनि बाढी र डुबानबाट पश्चिमी क्षेत्रमा धेरै क्षति भएको र अहिले आएर प्राय क्षेत्रमा रोग,कीराको प्रकोप देखिएको कृषि प्राविधिकहरुको भनाई छ ।उनीहरुका अनुसार असारमा बेलैमा रोपिएको धान पाक्न थालिसकेको र केही किसानहरुको धान दशैँ भित्रै पाक्ने अवस्थामा बाला पहेँलो भएर झुलिसकेको छ ।

सम्बन्धित समाचार