लालबन्दी नगरपालिका 13 द्वारा वडाबासिलाई निशुल्क मास्क वितरण

3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका 13 ले आफ्नाे वडामा निशुल्क मास्क वितरण गरेकाे छ। 
विश्वव्यापी महामारीको रुपमा फैलिएको काेराेना भाइरसकाे संक्रमण न्युनिकरण गर्ने उद्देश्यले वडा अध्यक्ष शिवकृष्ण वैद्यकाे नेतृत्वमा वडाबासिलाई मास्क वितरण गरिएको लालबन्दि नगरपालिका 13 का वडा सदस्य एवम लालबन्दीका युवाका ढुकढुकी माेहन कुमार राउतले जानकारी दिनु भयाे ।लालबन्दी नगरपालिकामा 17 वटा वडाहरु रहेकाे भए पनि अरु कुनै पनि वडाले यसरी वडाबासीकाे घरघरमा गएर मास्क वितरण गरेका छैन्न भने नगरका 17 मध्य 13 नम्बर वडाले फरक काम शुरु गरेकाे वडा अध्यक्ष वैद्यले बताउनु भयाे।
कसरी काेराेना संक्रमणबाट सुरक्षित रहन सकिन्छ भन्ने जनचेतना जगाउँदै हात धुने तरिका सिकाउदै,पवडाका चाेकचाेकमा पानीका ट्यांकि राखेर हात धुने तरिका समेत सिकाईएकाे उहाँको भनाई छ । साथै लालबन्दी नगरपालिका 13 ले पटक पटक वडाबासीका प्रत्यक्ष सराेकारका विषयमा चासाे दिएर वडाबासीकै घरदैलोमा पुगेर समस्या समाधान गर्ने प्रयास गरि रहेको छ ।

सम्बन्धित समाचार