सर्लाहीको लालबन्दीका विभिन्न दुई वटा होटलका सञ्चालकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका ७ स्थित रहेको श्रेष्ठ होटल एण्ड लजका सञ्चालक र लालबन्दी नगरपालिका ९ स्थित बस्तिपुरमा रहेको सिन्धुली भन्सार घर एण्ड गेष्ट हाउसका सञ्चालकलाई शनिबार ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
लालबन्दी बजारमा सञ्चालित होटलहरुमा गैर कानूनी धन्दा एवम देहव्यापार चलाइएको भन्ने विशषे सुचनाको आधारमा लालबन्दी नगरपालिका ९ स्थित बस्तिपुरमा रहेको सिन्धुली भन्सार घर एण्ड गेष्ट हाउसमा पुगेको प्रहरी टोलीले होटल सञ्चालक सहित चारजना किशोरीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
त्यस्तै विगत लामो समयदेखि लालबन्दी नगरपालिका ७ स्थित बजारमा समयानुसार होटलको नाम परिवर्तन गरि हाल श्रेष्ठ होटल एण्ड लज बनाइएकाका सञ्चालकलाई पनि गैर कानूनी धन्दा एवम देहव्यापार चलाएको पाइएको भन्दै नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
शनिबार नै नियन्त्रणमा लिएइका उनीहरुको विवरण भने प्रहरीले २४ घण्टा पुग्दा समेत सार्वजनिक गरेको छैन्।पछिल्लो समय लालबन्दीका कतिपय होटल एण्ड जलहरुमा गैर कानूनी धन्दा एवम देहव्यापार चलाइने गरेको भन्दै स्थानीयले प्रहरीको ध्यानाकर्षण गराएका थिए ।ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठक आएपछि लालबन्दीका होटलहरुमा हुने गैर कानूनी धन्दा एवम देह व्यापारलाई निरुत्साहीत पार्न लागि परेका छन् ।