सर्लाहीको लालबन्दी नगरपालिका ११ मा आयोजना गरिएको तीन दिने निःशुल्क एकीकृत स्वास्थ्य घुम्ती शिविरमा तीन सय ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।लालबन्दी नगरपालिका ११ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र हिरापुरको आयोजनामा भएको निःशुल्क एकीकृत स्वास्थ्य घुम्ती शिविरमा दुई सय ५५ जना महिला र एक सय २७ जना पुरुष गरी तीन सय ८२ जनाले स्वास्थ्य सेवा लिएका लालबन्दी नगरपालिका ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र हिरापुरका प्रमुख एवम जनस्वास्थ्य निरिक्षक राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन ७१ जना महिला र ३८ जना पुरुष गरि एक सय नौ जना,दोस्रो दिन ७७ जना महिला र ४० जना पुरुष गरि एक सय १७ जना र तेस्रो दिन एक सय सात जना महिला र ४९ जना पुरुष गरि एक सय ५६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

लालबन्दी नगरपालिका ११ को आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क एकीकृत स्वास्थ्य घुम्ती शिविरमा छ जनाको खकार जांचको नमुना संकलन गरिनुका साथै ३२ जनाको डाईबेटिज(सुगर) र तीन जनाको मलेरिया(औला)को निशुल्क जांच गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
