स्वतन्त्र उम्मेदवार राजनैतिक दलका नेताहरुका लागि फलामको चिउरा

1.5k Shares

प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही १ मा दुवै गठबन्धनलाई मंसिर ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन फलामको चिउरा भएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि मान बहादुर खड्का र सर्लाही १(ख)का प्रदेश सभा सदस्यका लागि राजन कुमार श्रेष्ठको स्वतन्त्र उम्मेदवारीले पाँच दलिय र दुई दलिय गठबन्धनलाई मंसिर ४ को निर्वाचन फलामको चिउरा भएको हो ।
सर्लाहीमा क्षेत्र नं. १ मा नेपाल समाजवादी पार्टी(नेसपा),२ र ३ नेकपा(माओवादी केन्द्र) तथा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले गठबन्धन गरि उम्मेदवार उठाएको भएपनि स्वतन्त्र उम्मेदवारका कारण उनिहरुलाई मंसिर ४ अग्नी परिक्षा भएको छ ।
माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं. २ बाट निवर्तमान सांसद एवम नेपाल समाजवादी पार्टी(नेकसा)का नेता महेन्द्र राय यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उठेका छन् भने सर्लाही क्षेत्र नं. ३ बाट माओवादी केन्द्र कै नरेन्द्र प्रसाद साह कलवारलाई उठाएको छ ।
त्यसैगरी दुई दलिय गठबन्धनबाट सर्लाही १ मा निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,सर्लाही २ मा राजनारायण साह,सर्लाही ३ मा हरि उप्रेती र सर्लाही ४ मा राकेश मिश्रलाई टिकट दिएको छ । तर उनिहरुलाई जनताको चाहना अनुसार आफुहरुकोस्वतन्त्र उम्मेदवारी रहेको घोषणा गरेका प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार खड्का र प्रदेश सभाका स्वतन्त्र उम्मेदवार श्रेष्ठ निकै भारी भएका छन् ।
दुवै गठबन्धनका उम्मेदवारहरुलाई प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार खड्का र प्रदेश सभाका स्वतन्त्र उम्मेदवार श्रेष्ठ निकै बाधक बन्ने निश्चित छ । निवर्तमान नगर प्रमुख खड्का र वडा अध्यक्ष श्रेष्ठलाई पार्टीले टिकट नदिएको र जनताको चाहना स्वतन्त्रबाट भएपनि उम्मेदवारी दिन भन्ने भएका कारण आफुहरुलेस्वतन्त्र उम्मेदवारी दिएको खड्का र श्रेष्ठले बताएका छन् ।
उनिहरुले आफ्नो पार्टी परित्याग गरेर स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गएका छन् । यस कारण पनि दुवै गठबन्धनका उम्मेदवारहरुलाई खड्का र श्रेष्ठ भारी पर्ने जानकारहरुले बताए । प्रतिनिधि सभा सदस्य खड्का र प्रदेश सभा सदस्य श्रेष्ठको उम्मेदवारी दुवै गठबन्धनका लागि बाधक मात्र नभई निकैभारी पर्ने एक नेताले बताए ।
त्यसै पनि स्वतन्त्र उम्मेदवारहरु बलिया 
स्थानीय निकायको निर्वाचन २०७४ मा नगर प्रमुख निर्वाचित भईसकेका खड्का र वडा अध्यक्ष निर्वाचित भई सकेका श्रेष्ठको स्वतन्त्र उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । जनप्रतिनिधि हुनुपुर्व पनि सामाजिक काममा लामो समय विताईसकेका खड्का र श्रेष्ठलाई दुवै गठबन्धनका उममेदवारहरु भन्दा राम्रो जनसर्मथन रहेको पाइएको माओवादी केन्द्रका नेता केदार काफ्लेले बताए । अघिल्ला मत सर्वेक्षणहरु अनुसार राजनैतिक दलका नेताहरुको भन्दा स्वतन्त्र उम्मेदवारहरुको जनसर्मथन धेरै रहेको पाइन्छ । जसमा स्वतन्त्र तर्फका उम्मेदवारहरुको सर्मथनमा करिब ६० प्रतिशत रहेको केही नेताहरुले बताए ।
गठबन्धनका उम्मेदवारले आफ्नै पार्टीका सबै मत नपाउने निश्चीत !
सर्लाही १ मा राजनैतिक दलका उम्मेदवारहरुले जनसर्मथन पाउने आधारहरु घटेको छ । चन्द्रनगर गाउँपालिका,इश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकामा स्थानीय निकायको निर्वाचन २०७४ का आधारमा स्थानिय निकायको निर्वाचन २०७९ मा निकै फरक मत आएपछि राजनैतिक दलहरु निकै चिन्तीत देखिएका छन् । तीन वटै स्थानिय निकायमा स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका कांग्रेस,एमाले र माओवादी केन्द्रका केही विशेष नेताहरुको पनि समर्थन स्वतन्त्र उम्मेदवारहरुलाई रहेको रहस्य बाहिरिए पछि दलका उम्मेदवारहरुले आफ्नै पार्टीका सबै मत नपाउने निश्चीत जस्तै भएको हो ।
सर्लाही १ को मंसिर ४ पहिलै रमाइलो सुरु
यस निर्वाचन क्षेत्रमा स्थापित कुनैपनि नेताको उम्मेदवारी नहुनु,उम्मेदवारी दिएका राजनैतिक दलका नेताहरु नैतिकता नभएका,असव्य र अराजनैतिक चरित्र भएका कारण पनि स्वतन्त्र उम्मेदवारहरुको जीत निश्चीत छ । एक नेताले बताए । उनले भने सर्लाही १ को प्रतिनिधि सभा सदस्यमा खड्का र १(ख) प्रदेशसभा सदस्यमा श्रेष्ठको जीत निश्चीत छ । उनका अनुसार निर्वाचन आयोगको प्रक्रिया अनुसार मंसिर ४ को मतदान पर्खिनु पर्ने भएपनि सर्लाही १ र १(ख)का स्वतन्त्र उम्मेदवारहरु विजयी भई सकेका छन् । घोषणा मंसिर १० भित्र हुन्छ ।
सर्लाहीमा १ लाख ८७ हजार ८ सय ३७ महिला, २ लाख २५ हजार ३ सय २९ पुरुष र ८ अन्य गरी ४ लाख १३ हजार १ सय ७४ मतदाताले मंसिर४ मा सर्लाहीका ४ प्रतिनिधिसभा र ८ प्रदेश सभाका उममेदवाहरुलाई मतदान गर्ने छन् ।

सम्बन्धित समाचार