सिन्धुलीका ६८ जना वेपक्ता मध्य ३२ जनाको उद्धार,३६ जना अझै सम्पर्क विहिन

184 Shares

भदौ १० गते बुधबार भोटेकोसी नदीमा आएको बाढीमा परी सम्पर्क विहिन भएका मध्ये सिन्धुलीका ३२ जनाको उद्धार गरिएको छ।सिन्धुलीका ३६ जना अझै सम्पर्क विहिन रहेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार उद्धार गरिएकामा नविन तामाङ,नारायण बहादुर खत्री,भुवन बहादुर सुनुवार,श्याम लाल मोक्तान,नवराज मिरचिङ्,बद्री थापा,कुमार बुढाथोकी,शंकर मगर,हेम बहादुर बर्ष,दिनेश मगर,परशुराम राई,विमला तामाङ,ज्ञान बहादुर पाख्रिङ,धन बहादुर मगर र सुमन मगर रहेका छन् ।
यसका साथै सुर्य बहादुर तामाङ,छमलाल श्रेष्ठ,देबकी कुमारी श्रेष्ठ,केबिन श्रेष्ठ,गणेश लुङ्गेली, रत्न बहादुर थापा मगर,बिशाल मगर,सुरेन्द्र बहादुर थिङ,बिजय थिङ,सुजन माझी,ज्ञान प्रसाद बराल,बल बहादुर माझी,भक्त बहादुर माझी,सुनिल माझी,राजन रसाईली,केदार बुढाथोकी र बुद्धि बहादुर थापा मगर रहेका छन् ।
यस्तै,बाढीमा परी हालसम्म पनि ३६ जना अझै सम्पर्कमा नआएका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार कमलामाई नगरपालिका–१ का राजेन्द्र ढकाल, कमलामाई नगरपालिका–३ का हेम प्रसाद गौतम,फिक्कल गाउँपालिका–२,का खिलनाथ आछामी(दिनेश),कमलामाई नगरपालिका–११ का लक्ष्मण सापकोटा,सोहि ठाउँका राज कुमार श्रेष्ठ,बुद्धि विक्रम थापा,सोम बहादुर माझी,भरत माझी,शंकर खत्री,टंक बहादुर श्रेष्ठ,प्रेम बहादुर घलान र विष्णु बहादुर श्रेष्ठ रहेका छन् ।
साथै,हरिहरपुरगढी गाउँपालिका–८ का फुरस्याङ स्याङ्तान,तीनपाटन गाउँपालिका–९ का पदम बहादुर मसाङ्गी मगर,सोहि ठाउँका नैन बहादुर मसाङ्गी मगर र छत्र बहादुर लामिछाने, दुधौली नगरपालिका–४ का मोहन विक्रम थापा,दुधौली नगरपालिका– १ का दिर्घ बहादुर कार्की (हरि),दुधौली नगरपालिका–१३ का फलाम सिंह सुनुवार,दुधौली नगरपालिका–२ का लाल बहादुर पुलामी मगर,घ्याङ्लेख गाउँपालिका–२ का बिपिन कुमार गोले रहेका छन् ।मरिण गाउँपालिका–३ का संचमान मुक्तान,सोहि ठाउँका रामे जिम्बा,सुनकोसी गाउँपालिका–२ का अमर यादी मगर,सोहि ठाउँका प्रबिन बुर्जा मगर,सुमन बुर्जा मगर,सबिन बुर्जा मगर,सुनकोसी गाउँपालिका–७ का नेत्र बहादुर स्याङबा तामाङ रहेका छन् ।
त्यस्तै,गोलन्जोर गाउँपालिका–१ का जित बहादुर पहरी, कमलामाई नगरपालिका–९ का पाण्डब भण्डारी,दिपेन्द्र न्यौपाने,कमलामाई नगरपालिका–८ का रबिना श्रेष्ठ,कमलामाई नगरपालिका–६ का खगेन्द्र मंग्राती,हरिहरपुरगढी गाउँपालिका–८ की एलिना बल र सुनकोसी गाउँपालिका–६ का प्रदिप कार्की सम्पर्क विहिन रहेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 

सम्बन्धित समाचार