सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको लेखाली प्लान्टमा समस्या आएर पानी संचालन हुन नसकेको भन्दै खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीले सूचना जारी गरेको छ ।खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीले सूचनामा लेखाली प्लान्टमा इलोक्ट्रोफ्युजन मेशिनद्वारा पानी जोड्ने क्रममा अविरल वर्षाका कारण पाइपको पानी नसुकेपछी बुधबार पानी संचालन गर्न नसकिएको उल्लेख गरिएको छ ।
लालबन्दी नगरपालिका ११ स्थित हिरापुर र शान्तिपार्क प्लान्टमा भने बुधबार साँझबाट नियमित पानी संचालनमा आएको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीका लेखापाल ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए।उनले बिहीबार बिहानै देखि लेखाली प्लान्टमा मर्मतको काम हुने छ।खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीको लेखाली प्लान्टमार्फत विगत दुई दिनदेखि पानी सञ्चालन नहुँदा सो प्लान्टबाट पानी वितरण भई पानी उपभोग गर्ने लाभग्राही स्थानीय मारमा परेका छन् ।