सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माण भएको १३२÷३३ केभिए सव स्टेशन ले सर्लाहीबासीलाई झुक्याएको छ । सव स्टेशनले बुधबार भन्दै आज(शुक्रबार) भन्दै विद्युत प्रवाह नगरी शनिबारदेखि मात्रै विद्युत प्रवाह गर्ने छ ।
आज (सुक्रवार) बाट टेस्टिङ तथा संचालनको तयारी गरेको सव स्टेशनले कर्माचारीको अनुपस्थितीको बाहना बनाउँदै शनिबारबाट मात्रै विद्युत सेवा प्रबाह गर्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ । आज सव स्टेशन संचालनका लागि लालबन्दी र हरिवन फिडरको लाईन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म काटिने भनिएको थियो । तर प्राविधिक नआएपछि लाईन पनि नकाटिएको र विद्युत सेवा प्रवाह पनि नगरिएको सव स्टेशनले जनाएको छ ।
सव स्टेशन नवलपुरबाट सुरुमा लालबन्दी र हरिवन फिडरमा लाईन जोडिने र क्रमागत रुपमा अरु सव स्टेशनलाईबाट पनि विद्युत सेवा विस्तार गरिने सव स्टेशन आयोजना नवलपुरका प्रमुख निरन्जन साहले बताउनु भयो ।
निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोड’ मा चार्ज समेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको सव स्टेशनका प्रमुख साहले जानकारी दिनु भयो । नेपाल सरकार र विद्युत प्राधिकरणको गरि रु ४६ करोड ६६ लाखमा पावाटेक वाईवा(जेभी)ले निर्माणको काम गरि रहेको छ ।