रौतहटमा ट्राफिक सचेतना र मापसे विरुद्ध विशेष अभियान सञ्चालन

348 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ।मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाउँदा सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख एवम प्रहरी निरीक्षक राजेन्द्र बहादुर थापाले बताए ।उनका अनुसार नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा साँझको समयमा रोतहटका मुख्य चोक,सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन सुरु गरेको हो ।

WhatsApp Image 2026-08-01 at 11.24.01 PM.jpeg
सवारी यात्रा सुरक्षित,मर्यादित र अनुशासित बनोस् साथै मापसे गरेर सवारी साधन चलाउँदा हुने सवारी दुर्घटना न्यूनिकरण होस भन्नका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरी सडकमा खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।“हाम्रो उद्देश्य दण्डित गर्नु होइन,चेतना जगाउनु हो।नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौं।”जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख एवम प्रहरी निरीक्षक थापाले बताए ।
उक्त अभियानमा रौतहटका हरेक ट्राफिक प्रहरी चोक पोष्टका प्रमुख एवम हरेक प्रहरी कार्यालयहरुका प्रहरी कर्मचारीहरु खटिएका छन्।उनले टोलीसहित चन्द्रनिगाहापुर, गरुडा, गौर, पौराही लगायतका क्षेत्रमा चालकहरूको मापसे परीक्षण गरिएको बताए ।साँझको समयमा सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधनहरु चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कार्यालयका अनुसार मापसेको कारण दुर्घटना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।त्यसैले हामीले आज दिनभरी मापसे परीक्षणसँगै सडकमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको हो ।रौतहटका विभिन्न स्थानमा ट्राफिक प्रहरीले “मापसे नगरी सवारी चलाऔँ,सुरक्षित यात्रामा सबैको साथ दिऔँ।”नारासहित सडक प्रयोगकर्ता माँझ सचेतनामूलक पर्चा वितरण गर्ने, माइकिङ गर्ने तथा ट्राफिक सचेतना लगायत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार