मछिन्द्रलाई ४–२ गोल अन्तरले हराउंदै बागमती सेमिफाइनलमा प्रवेश

2.8k Shares

सर्लाहीको बागमती युथ क्लब सर्वाधिक धनराशीको पांंचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ । धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउंदै बागमती युवा क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
अब बागमती युथ क्लबले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्ने छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा बागमती युथ क्लबका अमन श्रेष्ठ, इमान घलान, ड्याडी वाम्बा जुनियर र अनिल रानाले गोल गरेका थिए । दिवस लिम्बुको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका र मछिन्द्रका रंजित धिमाल र विमल घर्ति मगरले गोल गरेका थिए । विशाल राई र नुरेन करिमले बाहिर गर्न सकेनन् । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 
प्रतियोगिताको विजेताले रु २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले रु १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद रु २५ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार पाउने छन् ।

सम्बन्धित समाचार