आगलागी पीडित २ परिवारलाई बागमती सेवा समाजद्वारा राहत सामाग्री सहयाेग

1.1k Shares

गणेश खड्का 
सर्लाहीको बागमती नगरपालिका ३ का आगलागी पीडितलाई लक्ता कपडा र खाद्यान्न  सहित राहत सामाग्री सहयाेग प्राप्त भएको छ । 
बागमती नगरपालिका ३ का आगलागी पीडित  बिन्दु देबि राम र राम पुकार महरालाई बागमती सेवा समाज हरिवन र  वर्ल्ड भिजन इन्टरनेस्नल नेपालले राहत स्वारुप लत्ता कपडा र खाद्यान्न सहित केही सामाग्रीहरु सहयाेग गरेकाे बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार आगलागी पीडित दुई परिवारलाई त्रिपाल ४  वटा,कम्बल ४ वटा,नाईनलकाे डोरि ४ वटा ,म्याट  ४  वटा,झुल  ४ वटा,सोलार बत्ति २ वटा र चामल २ बोरा सहयाेग गरिएको हाे ।
संकट,विपद्मा परेका मानिसहरुलाई बागमती सेवा समाज हरिवनले निरन्तर सहयाेग गर्दै आएकाे छ,भने विपन्न नागरिकहरुलाई कसरी सम्पन्नता तर्फ लैजान सकिन्छ भनेर उनिहरुकाे अर्थाेपार्जनका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेकाे छ ।

सम्बन्धित समाचार