अनेरास्ववियुले आयोजना गरेको शिविरमा पाँच सय विद्यार्थीको स्वास्थ्य परिक्षण

416 Shares

नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु)सर्लाहीले आयोजना गरेको बृहत स्वास्थ शिविरमा पाँच सय जना छात्रछात्राहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।हरिवन नगरपालिका ८ स्थित रहेको महादेब जनता नमुना मा.बिमा बिहीबारबाट सुरु भएको दुई दिने शिविरमा बिहीबार पहिलो दिन पाँच सय जना छात्रछात्राहरुको स्वास्थ्य परिक्षण गरिएको अनेरास्ववियु सर्लाहीका अध्यक्ष आशिष बाबु दाहालले जानकारी दिए ।
उनका अनुसार अनेरास्ववियु सर्लाहीका अध्यक्ष दाहालका अनुसार शुक्रबार हरिपुर नगरपालिका ४ हरैया स्थित रहेको जनता मा.विमा बिहान साँढे १० बजेबाट स्वास्थ शिविर सञ्चालन हुने छ ।अनेरास्ववियुका केन्द्रीय सचिव डा.सुजन कडेरियाको प्रमुख आतिथ्यता तथा नेकपा(एमाले) सर्लाहीका उपाअध्यक्ष बिदुर प्याकुरेल र अनेरास्ववियुका स्थायी कमिटि सदस्य समिम बाबु पठानको आतिथ्यतामा भएको आयोजना गरिएको शिविरमा सामान्य शरीर परिक्षण,आँखा शिविर र मनोवैज्ञानिक शिविर सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार