मधेशको कर्णाली भनेर चिनीने सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलाका स्थानीयले जनश्रमदान गरी बाटो मर्मत गर्न सुरु गरेका छन् । अहिलेसम्म स्थायी सडक नपुगेको नारायणखोलाका स्थानीयहरु सक्रिय भई चुरेपाखाको कच्ची गोरेटो बाटो मर्मतका लागि जन श्रमदानमा लागि परेका हुन् ।लालबन्दी नगरपालिका १४ को नारायणखोला,हात्तीसुँढे,तोरीबारी,मोथे सहित लालबन्दी नगरपालिका १५ चिसापानीदेखि अर्नेडाँडा सम्म पुग्ने साथै छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिकासम्म जोड्ने बाटो मर्मतका लागि गाउँबासी मिलेर जनश्रमदान सुरु गरेका लालबन्दी नगरपालिका १४ का स्थानीय सुवाई सिंह ब्लोनले बताए ।उनका अनुसार उत्त बाटो मर्मतका लागि वडा तथा नगरपालिकाले ध्यान नदिएकाले पनि आफूहरु सक्रिय भएर जनश्रमदानमा जुट्नु परेको हो।नारायणखोलाका स्थानीय अहिले प्राय लखन्देही र डाइनी खोलाको बगर भएर पत्थरकोट हुँदै लालबन्दी बजार आउने गरेका छन् ।खोलाको बगर भएर अहिले हिउँदको महिनामा बस, बोलेरो लगायतका सवारी साधनहरु संचालन भइरहेका भएपनि बर्खा लागेपछि नारायणखोला क्षेत्रमा यातायात ठप्प हुन्छन् ।
कुनै वैकल्पिक सडक मार्ग नरहेको नारायण खोलामा बाढी आउँदा पैदल हिँडेर लालबन्दी बजार आउन पनि स्थानीयलाई समस्या पर्छ।लालबन्दी नगरपालि का १५ चिसापानीतर्फको गोरेटो बाटो भने छोटो पर्ने स्थानीय बताए।मरिणबाट नारायणखोला हुँदै चिसापानी निस्कने यो बाटो मर्मतका लागि स्थानीयले बारम्बार आवाज उठाउँदै आएका भएपनि नगरपालिकाबाट खासै वास्ता नभएपछि आफुहरु नै जन श्रमदानमा जुटेको स्थानीयले बताएका छन्।लालबन्दी नगरपालिकाले लालबन्दी नगरपालिका १४ नारायणखोलालाई सधैँ उपेक्षा गरेको स्थानीयको आरोप छ ।