Close This

मासुजन्य पशुपंक्षि पालन व्यवसायमा रमाउँदै राजघाटका घिमिरे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-७ गते   ८६ पटक हेरिएको

 सर्लाहीको बागमती नगरपालिका ६ राजघाट पंचमुखी चोकका राम प्रसाद घिमिरे मासुजन्य पशुपंक्षि पालेर मनग्य आम्दानी लिइरहनु भएको छ । उहाँले वि.सं २०७६ सालबाट घिमिरे दाजुभाई कृषि तथा पशुपंक्षि माछा फार्म दर्ता गरेर माछा पालन शुरु गर्नु भएको थियोे । २०७६ सालमा फार्म दर्ता गरेर शुरुमा १ सय भुरा माछा बाट कृषि पेशामा लाग्नुु भएका घिमिरेले १ भुरा माछाबाट ८५ हजार आम्दानी गर्नु भएको थियो ।
त्यसपछि क्रमस माछा पोखरी ठुलो बनाएर माछा पाल्न थाल्नु भएका उहाँले अहिले क्याटफिस जातको ७ हजार माछा पाल्नु भएको छ । १० धुर जमिनमा पोखरी बनाएर माछा पालन गरि रहेको र नयाँ प्रजातिको माछाबाट पनि राम्रो आम्दानी गर्ने सोचमा आफु रहेको घिमिरेले बताउनु भयो ।
अरु व्यावसायको तुलनामा माछा पाल्न सजिलो रहेको,माछाले घाँस नखोज्ने,चराउन लानु नपर्ने,मलमुत्र व्यावस्थापन गर्नु नपर्ने र अरु पशुपंक्षिहरुलाई जस्तो धेरै आहाराको व्यावस्था पनि गर्नु नपर्ने भएका कारण पनि माछा पालन सजिलो रहेको घिमिरेको अनुभव छ । उहाँको माछा फार्म हेरेर सो क्षेत्रका करिब १० जनाले व्यावसायिक रुपमा माछा पालन शुरु गरेका छन् ।
शुरुमा माछा मर्ने र गरेको लगानी डुब्ने डर भएपनि पछि त्यसो नभएपछि आफुलाई थप उत्साह बढेको घिमिरेले बताउनु भयो । अहिले फार्ममा माछा पालन,लोक कुखुरा पालन र राँगा पालन शुरु गर्नु भएको उहाँले निकट केही महिना भित्रमा उननत जातका एक सयवटा बोका पाल्ने सोचका साथ खोरको व्यावस्थापन गरि रहनु भएको छ ।
१० हजार लगानीबाट सुरु गर्नुभएको माछा पालन व्यवसायबाट अहिले माछा,लोक कुखुरा र राँगा तथा बोकाको लागि खोर निर्माण  समेत गरेर करिब ९० लाखको पुगेको घिमिरेको भनाई छ । लामो समय काठमाण्डौँमा बस्दै आउनु भएका उहाँमा गाउँमा गएर केही गर्नु पर्छ भन्ने सोच पलाएपछि गाउँ फर्किएर पशुपंक्षि तथा माछा पालनमा व्यावसायिक रुपमा लाग्नु भएको छ ।
आफुले शुरु गरेको काममा घरपरिवारको पनि राम्रो सहकार्य भएकोले गर्दा आफुलाई धेरै सजिलो भएको उहाँको भनाई छ । शुरुमा आफु एक्लैले शुरु गरेको पशुपालन व्यावसायले अहिले तीनजना मजदुरलाई समेत रोजगारी दिएको छ । कृषि पेशामा लगानी गर्नैहरुको मनोवल शुरुमा १०० प्रतिशत सफल हुन्छु भन्ने भएपनि क्रमस ९०,८० हुँदै घट्दो क्रममा रहदो रहेछ तथापी पनि तीनवर्षदेखि यो पेशामा टिकी रहेको छु । अबत मनोवल फेरी बढ्न थालेको छ । उहाँले राससलाई बताउनु भयो ।
अहिले उहाँको फर्ममा ७ हजार क्याटफिस माछा,५२ वटा राँगा र १४ वटा पाडी छन् भने लोकल कुखुरा भरखरै निकाली सक्नु भएको छ । उहाँले आफ्नो फार्ममा मासुजन्य पशुपंक्षि मात्र पाल्ने योजना रहेको सुनाउनु भयो ।  ६ दाजुभाई रहेका घिमिरे परिवारमा ४ दाजुभाइृ मिलेर फार्म सञ्चालन गरि रहनु भएको छ ।
आफुलाई व्यस्त राख्न र वैदेशिक रोजगारीको सिलसिलामा विदेशीने युवाहरुलाई गाउँमै केही गर्नुपर्छ हुन्छ भनने भावना जगाउन आफुले यो व्यावसाय गरेको घिमिरेले बताउनु भयो । पहिले रात्री बसको स्टाफ भएर काम गर्नु भएका घिमिरे पछिल्लो समयमा पशुपालनमा खुसी देखिनु भएको हो । कृर्षि प्रधान देशमा कृषकले सरकारवाट सहायता पाउन नसकेको उहाँको गुनासो छ 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech