Close This

मानकारी नेता साह,निरन्तर दुखको साथी 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-८ गते   ६२७ पटक हेरिएको

पूर्व सांसद् नरेन्द्र साहले सशस्त्र प्रहरीलाई २० थान साईकल प्रदान गर्नु भएको छ ।लकडाउन अर्थात बन्दाबन्दीमा २४ सै घण्टा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले पूर्व सांसद साहले सशस्त्रलाई निःशुल्क रुपमा साईकल सहयोग गर्नु भएको हो  । साहका सहयोगी श्यामबाबु यादव र रोशन लामाले आइतवार दिउँसो सशस्त्र प्रहरी बल नेपाल गण नं। १० कविलासीमा साईकल हस्तान्तरण गर्नु भएको हो ।
साईकल हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । प्रमुख जिल्ला अधिकारी मोहन जिसीले अहिलेको संवेदनशिल अवस्थामा सीमा क्षेत्रमा २४ सै घण्टा उच्च निगरानी सहित खटिईरहेका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई साईकल प्रदान गरेर पूर्व सासंद साहले ठूलो सहयोग गर्नु भएको भन्दै प्रजिअ जिसीले आभार प्रकट गर्नु भयो ।
पूर्व सांसद् साहले यसअघि पनि नेपाल प्रहरीलाई ६० वटा साईरन साईकल प्रदान गर्नु भएको थियो  । २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालिन तराई मधेश सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् बनेका साहले २०७४ सालको निर्वाचनमा क्षेत्र नं। ३ बाट स्वतन्त्र उम्मेद्वारी दिनु भएको थियो ।तर उक्त निर्वाचनमा पराजित भएपनि सर्लाहीको हिरापुर निवासी साहले भौतिक पूर्वाधार विकास सहित रचनात्मक सहयोग गर्दै आईरहनु भएको छ । साहले विपतीमा परेकालाई तत्काल राहत, महत्वपूर्ण व्यापारिक केन्दहरुमा सीसीटीभी जडान, सरसफाईको क्षेत्रमा सयौं डस्टविन वितरण एवं हालपनि कोराना संक्रमणबाट बचाउनका लागि जिल्लामा मास्क, स्यानिटाईजर सहित खाद्य सामग्री समेत वितरण गरिरहनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech