Close This

सर्लाहीमा पहिलो पटक चक्रघट्टाबाट ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ अभियान सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२९ गते   १८७ पटक हेरिएको

सर्लाहीको चक्रघट्टा गाउँपालिकाबाट ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु

 शंखर पहाडी(गौरब)
सर्लाहीको चक्रघट्टा गाउँपालिकाबाट ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु भएको छ ।चक्रघट्टा गाउँपालिकाबाट जिल्ला सुुरक्षा समिति सर्लाहीको आयोजनामा ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’कार्यक्रम सुरु गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार ‘व्यवसायिक र सिर्जनशील प्रशासन ःविकास,समृद्धि र सुशासन’भन्ने नाराका साथ सोमबारबाट ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरिएको हो । २० वटा स्थानीय तह रहेको सर्लाहीमा चक्रघट्टा गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनले सर्लाहीमा पहिलो पटक ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरिएको बताए ।
सुरक्षा निकायले स्थानीय तहहरुसँग गरेको अपेक्षा र स्थानीय तहहरुले सुरक्षा निकायबाट गरेको अपेक्षाका विषयमा वृहत छलफल गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीले जनाएको छ । आपसी अन्तक्र्रियायापछि सेवा प्रवाह अझ चुस्त र जनमैत्री बन्ने प्रमुख जिल्ला अधिकारी यादवले विश्वास लिएका छन् ।
सोमबारबाट सुरु भएको ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’अभियानमा जिल्ला सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी यादव,सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक नरेशराज सुवेदी र शसस्त्र प्रहरीबल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी,गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव,प्रमुख प्रशासकीय अधिकृत संजिवकुमार यादव,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech