पुर्व पश्चिम राजमार्ग अन्तरगत महाेत्तरीकाे लक्ष्मिनियाँबाट सशस्त्र प्रहरीले भन्सार छलीकाे सामान बरामद् गरेकाे छ ।सर्लाहीको बयलवासबाट जनकपुर तर्फ जाँदै गरेकाे ना ४ ख ३६१३ नम्बरकाे बसबाट भन्सार छलीकाे करिब चार क्विन्टल चिनी र दुई पाेका पापड बरामद् गरेकाे हाे ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल हाई-वे सुरक्षा पाेष्ट लक्ष्मिनियाँबाट खटिएकाे सशस्त्र प्रहरी टाेलीले ना ४ ख ३६१३ नम्बबरकाे सलाई चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाई छिपाई राखीएकाे आठ बाेरा चिनी र दुई पाेका पापड बरामद् गरेकाे र उक्त सामानकाे मूल्य तथा परिमाण एकिन गर्न बाँकी रहेकाे छ । स्राेतका अनुसार उक्त सामान सर्लाहीको बयलवासकी संगीता महताेकाे रहेकाे पाईएकाे छ भने नेपाल भारत सीमा क्षेत्रबाट भन्सार छलीकाे सामान कसरी पुर्व पश्चिम राजमार्ग सम्म पुग्छ भन्ने अनुसन्धान गर्न आवश्यक रहेकाे जानकारहरु बताउँछन् ।