सप्तरीका नाकाहरूबाट शसस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी

1.3k Shares


सप्तरीको विभिन्न सिमानाकाहरुबाट  शसस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा व्यापक तस्करी भएको पाइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि बसेका घुमुवा तानेपछि असुली धन्दा झनै खुलेयाम रुपमा मौलाएको छ ।
देशभर तानिएका घुमुवाहरु तानेर विभिन्न स्थानका गण गुल्महरुमा काज सरूवा गरेपनि मधेश प्रदेशका सीमावर्ती क्षेत्रबाट हुने तस्करी धन्दा झन मौलाएको छ । तल्लो दर्जाका घुमुवाहरूलाई परिचालन गरेर रकम उठाउने प्रचलन थियो भने अहिले बेश र बिओपी प्रमुखहरूलाई महिनावारी दररेट तोकेर रकम उठाउने गरिएको सशस्त्रका प्रहरी कर्माचारीहरु नै स्वीकार गरेका छन् ।
उनिहरुले बुझाउनु पर्ने रकम गणदेखि बाहिनी सम्म तोकिएको छ र काम चलेपनि नचलेपनि तोकिएको रकम बुझाउनै पर्छ एक शसस्त्र प्रहरी अधिकारीले बताए । तस्करी गरेर भए पनि वा जसरी पनि रकम तोकेर माग्ने हाकिमलाई कारवाही गर्नुपर्ने सशस्त्रका प्रहरी कर्माचारीहरुको माग छ । जसका कारण भारतीय सिमाबर्ती क्षेत्रबाट व्यापक तस्करी हुँदै आइरहेको छ ।
सप्तरीको बिओपी सोरनपट्टीबाट केही तस्करहरूलाई तस्करीको लाइन दिएका छन् । सोरनपट्टीबाट तस्करीको लाइन दिएकाहरूमा उमेश साह,महिला समूह,महेन्द्र साह,बिरेन्द्र यादव,धुरण साह,किशोर मण्डल,सियाराम साह र रामलाल मण्डलले अहिले किराना देखि कस्मेटीक,कपडा,मधिरा, सूर्तिजन्य र हार्डवेयर लगायतका कारोवार गरि रहेका छन् ।
त्यसैगरी बिओपी पाती देखि गणपति र घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा तरूणदेव यादव,मनतोष राई,जितेन्द्र राई,मनोज चौधरी,कमलेश साह,महेश राई सुरेन्द्र राई र रामविलास यादव लगायतका रहेका छन् ।भारदह नाकाबाट अनिल पजियार,बुडन मुखिया,पातो सीमावर्ती क्षेत्रबाट अरूण देव यादव ,महेश साह,अमित साह  र सानू यादवले सिराहा नाकाबाट तस्करी गराई सप्तरी सम्म सामान पुर्याउने गरेका छन् ।
शसस्त्र प्रहरी बल नम्बर ६ हे.क्वा.गण सप्तरीका घुमुवाले यी कारोवारीसंग सम्पर्क गर्ने काम गर्दै आएका छन् । घुमुवा  दिनभर नै यिनै कारोवारीसंग हुने र रकम उठाउने काम गर्दै आएको एक व्यापारीले बताए । सीमावर्ती क्षेत्रबाट हरियो मटर तस्करी पनि त्यतिकै हुँदै आएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका २ को कोशी पलारबाट महिनौदेखि नाउमा हरियो मटरका बोरा राखेर भारतको कुनौली तस्करी हुँदै आएको पाइएकोे छ । रामपुर मलहनीया प्रहरी चौकीका असईको सेटिङमा यो नाकाबाट मटर तस्करी भएको हो । ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख सईको सेटिङमा मटर तस्करी भएको छ । नाउबाट मटर तस्करी भइरहेको बारे आफूलाई अनविज्ञ रहेको सती प्रहरी अधिकारीले बताए । 
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट नाउमा मटर तस्करी हुने कोशी पलार क्षेत्र मुस्किलले पाँच किलोमिटर छ । तस्करहरुका लागि सप्तरीको कोशी पलार क्षेत्र सुरक्षित नाका बनेको छ  । पहिला तेश्रो मुलुकबाट नेपाल भित्र्याईएको मटरलाई तस्करहरुले सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा सुरक्षाकर्मीको आँखा छलेर भारत पुर्याउने गरे पनि पछिल्लो समय सप्तरी केन्द्रित भएर मटर तस्करहरु कोशी पलार क्षेत्रबाट नाउमा मटर पारि भारत पुर्याउछन । भारतमा मटरको मुल्या अहिले राम्रो भएकाले नेपालमा सस्तो रहेको मटर भारत तर्फ चोरी निकासी गर्ने गरेका छन् । नेपालमा तेस्रो मुलुकबाट आयातित मटरको तुलनामा प्रतिकिलो रु ५० कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात बढेको हो । सीमापारी लगिएको मटरको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ । 
तिलाठी बिओपीबाट इन्सपेक्टर कृष्णकुमार भण्डारीले पनि घुमुवा परिचालन गरेका छन् । तिलाठी नाकाबाट वीरेन्द्र मण्डलले सशस्त्र प्रहरीसँगको मिलेमतोमा माछा,विश्व मेहताले रक्सी,ललन मण्डलले बिंडी,सुर्ती जन्य र कपडाको तस्करी गर्दै आएका छन् ।नेपालबाट भारततर्फ मदिरा तस्करी समेत बढेको छ । भारतमा मदिरा बिक्री बितरण र प्रयोगमा समेत रोक लगाइएपछि नेपालबाट भारततर्फ मदिरा तस्करी बढेको छ । मदिरा तस्करहरुले हतियार बोकेरै मदिरा बिहार पु¥याउने गरेका छन् । सप्तरीबाट भारततर्फ मदिरा लग्ने समूहबाट हतियार समेत बरामद भएपछि यस्तो रहस्य बाहिरिएको हो ।स्रोत नवजन प्रहार

सम्बन्धित समाचार