अस्थायी ट्राफिक प्रहरी पाेष्ट फुलजाेरकाे कार्यालय भवन स्थापना गर्न सिलान्यास

459 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित फुलजाेरमा रहेकाे प्रतिक्षालयलाई स्तराेउन्नती गरि अस्थायी ट्राफिक प्रहरी पाेष्ट फुलजाेरकाे कार्यालय भवन स्थापन गर्न सिलान्यास गरिएको छ । ईश्वरपुर नगरपालिकाले निर्माण गरेकाे प्रतिक्षालय भवनलाई स्तराेउन्नती गर्दै आगामी दिनमा साेही भवनबाट अस्थायी ट्राफिक प्रहरी पोस्ट फुलजाेरलाई व्यावस्थापन गरि केही दिनपछिबाट आफ्नै भवनबाट सेवा प्रवाह गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजाेश घिमिरेले जानकारी दिए ।

manoj.jpgउनका अनुसार जिल्लाका ११ वटा ट्राफिक प्रहरी युनिटहरु मध्य जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही सहित ट्राफिक प्रहरी पाेष्ट कर्मैया र मलंगवा गरि तीनवटाले मात्रै आफ्नै भवनबाट सेवा प्रवाह गरि रहेका छन् । बाँकी रहेका ट्राफिक प्रहरी युनिटहरु केही भाडामा छन् भने केही नेपाल प्रहरीसंग संयुक्त रुपमा बसेर आफ्नाे काम गरि रहेका छन् । आफ्नाै भवन नहुँदा सेवा प्रवाह गर्न निकै समस्या भएकोले ईश्वरपुर नगरपालिकासंग समन्वय गरि उक्त प्रतिक्षालयलनई तत्कालका लागि ट्राफिक प्रहरी पाेष्ट व्यवस्थापन गर्न सिलान्यस गरिएको हाे ।

tfr1.jpgसिलान्यास कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनाेज कुमार आचार्य,ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक उमाकान्त जाेशी,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरे  लगायत वडा अध्यक्षहरु र स्थानीयकाे विशेष उपस्थिति रहेकाे थियाे।पुर्व पश्चीम राजमार्ग विस्तारको काम भएसंगै पछिल्लो समय सवारी साधनहरुको चापलाई मध्य नजर गर्दै २४ सैँ घण्टा ट्राफिक व्यवस्थापनको काम गर्नु पर्ने भएका कारण पनि पछिल्लो समय पुर्व पश्चीम राजामार्गका विभिन्न स्थानमा रहेका ट्राफिक प्रहरी युनिटहरुलाई थप व्यवस्थापन गर्ने काम भई रहेको छ ।
fff.jpgtrf2.jpg

सम्बन्धित समाचार