Close This

उबासंघ लालबन्दीद्धारा नगद ३ लाख र ३ थान पिपिई नगरपालिकालाई सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२ गते   ६७३ पटक हेरिएको

लालबन्दी उद्योग बाणिज्य संघले लालबन्दी नगरपालिकालाई ३ थान व्यक्तिगत सुरक्षा सामाग्री(पिपिइ) सहयोग गरेको छ ।
 देश कोरोनाको उच्च जोखिममा रहेको समयमा स्वास्थ्यकर्मीहरु बढी मानिवय भिडभाडमा जाने र उनिहरु बढी  असुरक्षित रहने भएका कारण कोरोना संक्रमितहरुको स्वास्थ्य चेक जाँचमा समस्या सृजना हुने भएका कारण  उद्योग बाणिज्य संघले व्यक्तिगत सुरक्षा सामाग्री(पिपिइ) सहयोग गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।


स्वास्थ्यकर्मीहरु मानिवय भिडभाड तथा विरामीको प्रत्यक्ष सम्पर्कमा जाने गरेका कारण आफुहरु असुरक्षीत हुने भन्दै शशंकित भई रहेको समयमा सो आशंका समाधान गर्न सहयोग पुगोस भनेर उद्योग बाणिज्य संघ लालबन्दीले स्वास्थ्य सामाग्री सहयोग गरेको अध्यक्ष जोशीले बताउनु भयो । लालबन्दी नगरपालिकाको सभाहलमा एक अनौपचारीक कार्यक्रमको आयोजना गरि नगर प्रमुख मान बहादुर खड्कालाई सोस्वास्थ्य सामाग्री सहयोग प्राप्तभएको हो । उद्योग बाणिज्य संघ लालबन्दीले केहीदिन अघि कोरोना भाईरस नियन्त्रण राहत कोषमा ३ लाख ६हजार १ सय नगद समेत सहयोग गरेको जनाएको छ । देश कोराना भाईरस संक्रमणको उच्च जोखिममा रहेको समयमा उद्योग बाणिज्य संघ लालबन्दीले  विभिन्न समयमा  सहयोग गरि रहेको जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech