नेपाली कांग्रेस सर्लाहीका युवा नेता तथा विपि कोईराला युवा नेतृत्व मञ्चका सर्लाही अध्यक्ष ठाकुर बख्रेल(मनोज)ले सहमतीका लागि भन्दै आफुपछि हटेको बताएका छन् । आइृतबार(आज)बाट शुरु भएको वडा अधिवेशनमा जिल्लाका धेरै वडामा सहमतिबाटै नेतृत्व छनोटको प्रक्रिया अघि बढिरहेको समयमा सहमतिकै माध्यमबाट वडा सभापतिसहित कार्य समिति र क्षेत्रीय प्रतिनिधिको प्रक्रिया अघि बढाउन सहयोग पुगोस भन्दै युवा नेता बख्रेलले आफु पछि हटेको बताएका छन् ।
उनले आज एक प्रेस वक्तव्य मार्फत आफू नेपाली कांग्रेसको एक जिम्मेवार क्रियासिल सदस्यको भूमिका र दायित्व प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीको हरेक संगठन विस्तार हरेक कमिटि निर्माणको क्रममा सहमतबिाट नैहोसभन्ने चाहेका कारण आफु पछि हटेको बताएका छन् । उनले सामाजिक न्याय सहित सम्मानजनक जीवन व्यत्तित गर्ने राष्ट्र बनाउन अनवरत संघर्ष गरेका तमाम नेपाली कांग्रेसका संस्थापक नेताहरुको जीवनी र संघर्षका यात्राले कांग्रेसको सदस्य बन्न प्रेरित गरेको प्रेस वक्तव्यमा उल्लेख गरेका छन् ।
कलिलो उमेर देखिनै यस पार्टीको विचार र लक्ष्यसंग आफु परिचित रहेको बताउँदै नेपाली कांग्रेस आफ्नो चौधौ महाधिबेसनको महा अभियानमा रहेको समयमा पूर्णतया महाधिबेशन र मातहतका अधिबेशनको सफलताको शुभकामना पनि उनले आफ्नो प्रेस वक्तव्यमा उललेख गरेका छन् ।
महाधिबेशनको महासंग्राममा सबै बिजयी हुईन्छ भन्ने पनि छैन र सबैको पदीय वीजय मात्रै उपलब्धि हो भन्ने आफ्नो बुझाइ पनि नरहेको उनले बताएका छन् । उनले आफ्नो प्रेस वक्तव्यमा “म हरेक क्षेत्रमा सम्भावना छ भन्ने सोच राख्ने एक युवक हु । मलाइ मेरो कांग्रेसले आफ्ना कुराहरु निसंकोच राख्न सक्ने अभिव्यत्ति स्वतन्त्रताको बारेमा राम्रो बुझाएको छ भने नेपाली कांग्रेस एक परिस्कृत विचार हो भन्ने सिकाएको पनि छ । मेरो धारणा सबै समेटिने र आपसी द्वन्द मेटिने गरि अधिबेशन सम्पन्न होस् भन्ने छ । आपसी तिक्तता राखेर मनमुटाव गरेर दन्तबजानमा उत्रिएर कुनै मुकाममा पुग्न सकिन्छ भन्ने मेरो बुझाइ पटक्कै छैन तसर्थ म द्वन्दात्मक मनसायबाट अगाडिको उद्धेश्य हिन यात्रामा लम्किने प्रयास गर्दिन । प्रसंगको गलत अर्थ नलाग्ने हो भने नेपाली कांग्रेस लालबन्दी नगरपालिका ९ को वडा अधिबेशन विधिवत रुपमा सकिएको छैन तर आम सहमतिमा जे गरियो अतिनै स्वागत योग्य छ । सहमतिका नाममा थुप्रै साथीहरुले देखाउनु भएको उदारता,त्याग, सहयोग, समर्पण र समर्थन प्रसंसनिय छ । उक्त सौहार्दता प्रति म सम्पूर्ण क्रियासिल साथीहरु प्रति आभारी छु । हाम्रो वडामा अधिबेशनका क्रममा सबै राम्रो हुँदा हुदै पनि केहि निहित निशेषवादी मनसायले मेरो उम्मेदवारी विवादित बनाउने प्रपन्च गरियो । त्यस प्रति मेरो गहिरो ध्यानाकर्षण भएको छ । म एउटा ढोका बन्द हुँदा अरु थुप्रै सम्भावनाका ढोकाहरु खुलिरहेका हुन्छन भन्ने कुरामा विस्वस्त छु । त्यसैले मैले “ म र मेरो यो सामान्य र उदेश्यपूर्ण राजनैतिक यात्रामा पूर्णविराम लागेको महसुस गरेको छैन” यो एक अल्पविराम हो।,जहाँबाट सम्भावनाका थुप्रै शब्दहरु खोज्न सकिन्छ । मैले मात्रै सहमति नगर्दा साथीहरुको मनमा सहमतिको बाधक यहि नै पो होकी भन्ने लाग्न सक्छ , सबै कुराहरु समय संगै चिरिदै र बुझिदै जानेछन तर यही केवल क्षेत्रिय प्रतिनिधिकै नाममा अल्झिएर ,झुन्डिएर,मरिहात्ते गरेर सहयात्री साथीहरुको भावनामा प्रहार गरेर अगाडिका दिनहरुमा कुनै ठुलो मान्छे बन्ने रहर म मा छैन । म त सबै साथीहरुको सहयोग र समर्थनमा यस वडाको प्रतिनिधित्व गर्दै अगाडीको नेतृत्व लिन चाहाने क्रियासिल सदस्य हुँ । मैले निश्चित योजना र राजनैतिक लक्ष्य राख्न पर्दछ यस अर्थ –“मैले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ? ”भनेर साझा उम्मेदवारीको घोषणा गरेको थिए । यस अघि मन धेरै दिनु भयो मत अलिक कम भयो यस पटक मत र मन दुवै थिए तर मतदान थिएन। सहमतिका लागि पर्याप्त आधार भित्र पर्न सक्दा सक्दै पनि केहि निश्चित परिवेशसंग विवेक बन्दकी राख्न सकिएन त्यसैले यस पटक देखिएको विवाद समाधानका लागि उम्मेदवारी नराख्ने निर्णय गरेको छु । उच्च मनोवल राख्नु भएका क्षेत्रिय प्रतिनिधि साथीहरुलाई समर्थन गर्दै मेरो वडामा क्षेत्रिय प्रतिनिधिको आकांक्षा नरहेको जानकारी गराउँदछु ।” आफ्नो पार्टीका नेताहरुले देखाउनु भएको प्रेम, राख्नु भएको सुभेच्छा र सद्भाव आफ्ना लागि अमुल्य सम्पति रहेका उनले उल्लेख गर्दै क्षेत्रिय प्रतिनिधिको रुपमा रहेको आफ्नो दावेदारी फिर्ता गरेको बताएका छन् ।