सर्लाहीका उखु उत्पादक किसानरुले अनुदान वापतको रु २० करोड भन्दा बढी भुक्तानी लिन बाँकी

333 Shares

सर्लाहीका उखु उत्पादक किसानहरुले गत वर्ष बिक्रि गरेको उखुको अनुदान वापतको रकम रु २० करोड भन्दा बढी भुक्तानी हुन बाँकी रहेको छ ।जिल्लाका १७ हजार ३० जना उखु उत्पादक किसानहरुले चिनी उद्योगलाई उखु बिक्रि गरे वापत प्रति क्विन्टल रु ७० का दरले पाउनु पर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैँयाँ ३० पैसा रकम मध्य हाल सम्म रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैँयाँ ३० पैसा निकासा हुन बाँकी रहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

उनका अनुसार प्रति क्विन्टल अनुदान वापत रु ७० का दरले पाउनु पर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैँयाँ ३० पैसा रकम मध्य प्रति क्विन्टल अनुदान वापतको रकम रु ४९ का दरले रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैँयाँ ३० पैसा भुक्तानी हुन बाँकी रहेको हो ।

जिल्लामा रहेका इन्दुशंकर चिनी उद्योग हरिवन,महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० जना किसानहरुले प्रति क्विन्टल अनुदान वापतको रकम रु २१ का दरले रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ रुपियाँ मात्रै हाल सम्म प्राप्त गरेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्रालयबाट प्राप्त सो रकम जिल्लाका उखु उत्पादक किसानहरुलाई ३० प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालय सर्लाहीले अनुदान वापतको रकम रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ रुपियाँ भुक्तानी गरेको कार्यालय प्रमुख एवम कोष नियन्त्रक निर्मल न्यौपानेले बताए । उनका अनुसार जिल्लाका उखु उत्पादक किसानहरुका लागि मात्रै करिब रु २० करोड १४ लाख २६ हजार एक सय ११ रुपियाँ ३० पैसा अनुदान रकम आउन बाँकी रहेको छ । 
यता,राज्यले दिनुपर्ने अनुदान वापतको गत वर्षको रकम यथासिघ्र भुक्तानी हुनुपर्ने र चालु सिजनका लागि उखुको मुल्य रु सात सय ५० कायम हुनु पर्ने माग राख्दै जिल्लाका उखु उत्पादक किसानहरु गत शनिबार देखि सडक आन्दोलनमा होमिएका किसान अगुवा ताराराज पन्त(अर्जुन)ले बताए । उनका अनुसार आफुहरुका माग सम्वोधन नहुँदा सम्म आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने छन् ।
त्यसैगरी नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”को पहलमा बालुवाटारमा अर्थ,कृषि तथा पशुपंक्षी मन्त्री तथा विभिन्न मन्त्रालयका सचिव बिच उखु उत्पादक किसानहरुले गत वर्ष बिक्रि गरेको उखुुको अनुदान वापतको राज्यले दिनुपर्ने रकम रु ५२ करोड तत्काल भुक्तानी गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए तर सो निर्णयपछि पनि उखु उत्पादक किसानहरुको आन्दोलन रोकिएको छ्रैन् ।उखु उत्पादक किसानहरुकोे खातामा अनुदान वापतको रकम नआउँदासम्म र चालु सिजनका लागि उखुको समर्थन मूल्य रु सात सय ५० नतोकिंदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष मैनालीले बताए ।आन्दाेलनका कार्यक्रम अन्तर्गत बुधबार(आज) पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत हरिवन बजारमा चक्का जाम गर्ने कार्यक्रम रहेकाे छ ।

सम्बन्धित समाचार