विप्लव,भुसाल र शर्मा छलफलमा केन्द्रीत

323 Shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव),नेकपा(एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसाल र नेकपा(माओवादी केन्द्र)का उप महासचिव जनार्दन शर्माले कम्युनिष्ट,समाजवादी र प्रगतिशील तथा देशभक्त बीच सहकार्यका लागि आव्हान गरेका छन्।शुक्रबार तीन नेताले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै “ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङकल्प बद्ध” भएको उल्लेख गरेका हुन्। 
“राष्ट्रियता,लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन्।राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ।मुलुकका पुराना राजनीतिक दलहरू,खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चस्व बचाउन चाहन्छन्।त्यसले मुलुकलाई अझ अन्योल,अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतःस्पष्ट छ।”विज्ञप्तिमा भनिएको छ । 
राष्ट्रमाथि चौतर्फी सङ्कट आएको परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी र प्रगतिशील तथा देशभक्तले बृहत् मोर्चा वन्दीको लागि पहल कदमी लिनु आवश्यक भएको विज्ञप्तिमा भनिएको छ।यता,माओवादी केन्द्रका नेता एवम निवर्तमान मन्त्री सुदन किराँती सहितका नेताहरु माओवादी केन्द्र र चुनाव चिन्ह हँसिया हथौडा दाबी गर्न निर्वाचन आयोग जाने तयारीमा रहेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

सम्बन्धित समाचार