प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिले नजिक भइसकेको छ । मतदानको समय आउन केही दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै अन्य जिल्लाजस्तै सर्लाहीमा पनि चुनावी सरगर्मी बढेको छ ।
खासगरी सर्लाहीका सबै निर्वाचन क्षेत्रलाई निकै चर्चाको रूपमा यस पटकको चुनावमा हेरिएको छ । पाँच दलिय बाम लोकतान्त्रीक गठबन्धन,तीन दलिय गठबन्धन र स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका पार्टीका बागी उम्मेदवारको जिल्लामा अलि बढी चर्चा भइरहेको छ । सर्लाही क्षेत्र १ मा स्वतन्त्रको नामबाट उम्मेदवारी दिएका नेकपा(एमाले)का नेता मान बहादुर खड्का,सर्लाही २ मा पाँच दलिय गठबन्धनका महेन्द्र राय र दुई दलिय गठबन्धनका उम्मेदवार राजेन्द्र महतोको चर्चा छ भने सर्लाही ३ मा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नरेन्द्र साहको चर्चा बढीरहेको छ ।
त्यसैगरी सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रको नाममा बागी उम्मेदवारी दिएका डा.अमरेश कुमार सिंहको चर्चा बढेको हो । यी उम्मेदवारहरु अरु उम्मेदवारहरुको तुलनामा बढी चर्चाका रुपमा हेरिने उम्मेदवारहरु हुन ।
निकै चर्चामा रहेका उनीहरुसंग अन्य दलका उम्मेदवारहरु पनि छन् भने विभिन्न पार्टी परित्याग गरेका स्वतन्त्र उम्मेदवारी दिएकाहरु पनि चुनावी मैदानमा कडा रुपमा उत्रिएका छन् । तर, यसपटक पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सर्लाही १ का राम प्रकाश चौधरीलाई स्वतन्त्रको नाममा बागी उम्मेदवारी दिएका खड्का भारी छन् भने सर्लाही २ मा पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राय,सर्लाही ३ मा पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका साह र सर्लाही ४ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रको नाममा बागी उम्मेदवारी दिएका सिंहको चुनावी माहोल निकै तातेकोे छ ।
यसपटक सर्लाही १ का स्वतन्त्रको नाममा बागी उम्मेदवारी दिएका खड्का,सर्लाही २ मा पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राय,सर्लाही ३ मा पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका साह र सर्लाही ४ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रको नाममा बागी उम्मेदवारी दिएका सिंहले चुनाव जित्ने जानकारहरु बताउँछन् । मतदानको दिन सम्म अहिलेको माहोलले धोक नदिए उनिहरुले सहजै जित हात पार्ने जानकारहरुकोअनुमान छ ।
अन्य पार्टीबाट कमजोर उम्मेदवार र त्यसैमाथि पनि जिल्लामा बलियो राजनीति गरेका सर्लाही १ का खड्का,सर्लाही २ का राय,सर्लाही ३ का साह र सर्लाही ४ का सिंहलाई मंसिर ४ को निर्वाचन जित्न कुनै समस्या नहुने जिल्लाका एक जानकारले बताए ।झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय रहेका उनिहरु सबै सर्लाहीका चिरपरिचित उम्मेदवारहरु हुन ।
“सर्लाही १ का खड्का स्थानिय निकायको निर्वाचन २०७४ मा लालबन्दी नगरपालिकाको नगर प्रमुख भएर आफ्नो क्षेत्रका नागरिकहरुसंग नजिकको सम्बन्ध बनाउनु सफल भएका छन् भने सर्लाही २ का राय संघिय सरकारको मन्त्री बनि आफ्नो क्षेत्रका नागरिकहरुको सेवामा लागेका छन् । त्यस्तै सर्लाही ३ का साह लामो समयदेखि आफ्नो क्षेत्रका नागरिकहरुका दुःखका सहयात्री बनेर काम गरेका छन् भने निवर्तमान सांसद समेत हुन । त्यसैगरी मन्त्री नएपनि लामो समयदेखि राजनितिमा सक्रिय रहेका सर्लाही ४ मा सिंह पनि सो क्षेत्रमा निकै चर्चाका पात्र हुन । सर्लाही १ का खड्कासंग पाँच दलिय गठबन्धनबाट उममेदवार बनेका चौधरीको राजनीतिक पृष्ठभूमि नै छैन । उनीहरू राजनीतिबाट उदाएका पनि होइनन् । लहडमा लागेर राजनीतिमा आएका हुन् । यस अर्थमा पनि गैर राजनितिक व्यक्ति चुनाव लडेर जित हात पार्न त के सोच्न पनि नसक्ने नेताहरुले बताएका छन् ।सर्लाही २ का राय पनि आफ्नो क्षेत्रका हरेक नागरिकहरुको घरमा पुगि जनताकासहयात्री बन्ने गर्छन । सर्लाही ३ का साहले आफ्नो क्षेत्रमा धेरै सामाजिक काम गरेका छन् । भने सर्लाही ४ का सिंह सर्लाहीको क्षेत्र नम्बर४ का बाघ हुन ।” उनको विष्लेषण छ । उनिहरुले सर्लाहीको आ आफ्नो क्षेत्रका जनता र समाजका लागि गरेका योगदान तथा सामाजिक कार्यको समेत मुल्यांकन गर्दा यीनीहरुलाई निर्वाचन जित्न कुनै समस्या नरहेको जानकारहरुले बताए ।