Close This

लालबन्दीको बजार व्यावस्थापनका लागि सरोबारवालाहरुद्धारा स्थालगत अवलोकन 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-८ गते   ६३७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा  रहेको कृर्षि बजार व्यावस्थापन हुने भएको छ ।
विगत लामो समयदेखि सडकमै रहेको कृर्षि बजार व्यावस्थापन गर्न बिहीबार नेपाल प्रहरी र ट्राफिक प्रहरीको पहलमा व्यवस्थापनको लागि अनौपचारीक छलफल भएको हो  । किसानहरुले उत्पादन गरेको तरकारी कृर्षि बजारमा ल्याउने र स्थानिय बजारमा बिक्रि वितरण भएर बाँकी बसेको तरकारी जिल्लाका विभिन्न स्थानका साथै काठमाण्डौँ,पोखरा,नारायणघाट,बुटवल सिन्धुली लगायतका सहरका बजारहरुमा लगेर बिक्रि वितरण गर्ने गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयको विशेष पहलमा उद्योग बाणिज्य संघ,कृर्षि बजार व्यावस्थापन समिति,स्थानिय प्रहरी प्रशासन,किसान अगुवा,मजदुर, लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने लगायत स्थानिय सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले बजारको स्थलगत अनुगमन गरि बजार व्यावस्थापन गर्ने तयारी गरेका जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो । उहाँका अनुसार बोर्ड व्यावस्थापन,तरकारी लिएर आउने सवारी साधनलाई आउने तथा जाने बाटोको व्यावस्था र पार्किङ स्थल निर्धारण गर्ने विषयमा अनौपचारीक छलफल भएको हो । 
वर्षौ देखि सडकमै रहेको तरकारी बजार हाल सम्म पनि व्यावस्थापन नहुनु र अव्यावस्थीत बजारमा आफुहरुले हिलो तथा धुलो भुईमै किरेट राख्दा पनि प्रतिकिरेट १५ रुपैया दिनुपर्ने तर व्यावस्थापन नहुनु आफुहरुको लागि दुःखको कुरा भएको कृर्षि बजारका स्थानिय व्यापारी राम प्रताप महत्तले गुनासो गर्नु भयो । भने जनप्रतिनिधि आएपछि बजार व्यावस्थापन देखि लिएर लामो समयदेखिको कर्माचारी तन्त्रीय व्यावस्थाको अन्त्यको आश गरेको भएपनि त्यसको कुनै अनुभुती गर्न नपाएको स्थानिय युवा बुद्धिजिवी नवराज मिश्रले बताउनु भयो । बजार व्यावस्थापन नहुँदा दैनिक सवारी दुर्घटना हुने गरेको र त्यो समस्या समाधानमा स्थानिय जनप्रतिनिधिहरुको ध्यान नगएको  मिश्रको भनाई छ ।
त्यस्तै बजार व्यावस्थापनका लागि आगामि लालबन्दी नगरपालिकाका नगर प्रमुख÷उपप्रमुख स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,उद्योग बाणिज्य संघ,तरकारी बजार व्यावस्थापन समिति,स्थानिय मजदुर अगुवाहरु,किसान प्रतिनिधिहरुका साथै स्थानिय युवा बुद्धिजिवीहरुको सहभागीतामा आगामि शनिबार लालबन्दी नगरपालिकाको सभाहलमा छलफल गर्ने वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपानेले जानकारी दिनु भयो । बिहीबार तरकारी बजार व्यावस्थापनको सम्भावन,तत्कालीन अवस्था लगायतका विषयमा अनौपचारीक छलफत तथा स्थलगत अनुगमन गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech