घुर ताप्ने क्रममा जलेर घाइते भएकी कविलासी ९ कि राजकुमारीकाे मृत्यु

353 Shares

सर्लाहीकाे कविलासी नगरपालिका ९ सलेमपुरमा घुरताप्ने क्रममा जलेर घाईते भएकी बृद्धाकाे मृत्यु भएको छ ।कविलासी नगरपालिका ९ सलेमपुरकी अन्दाजी बर्ष ८० की राज कुमारी देवी आफ्नै घर अगाडी बालेको घुरमा आगो ताप्ने क्रममा पुस १८ गते जली घाइते भएकि थिईन ।

अनुहार, दुबै हात, दुबै तिघ्रामा आगोले पोली घाइते भएकी राज कुमारी लाई प्रदेशीक अस्पताल मलंगवा सर्लाहीमा समान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ तर्फ लगिएकोमा उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौं मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकी राज कुमारीकाे शव याे समाचार तयार पार्दा सम्म साेही अस्पतालमा रहेकाे छ ।

सम्बन्धित समाचार