सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित मुक्तेश्वर चोकमा सरकारी सवारी साधनको ठक्करबाट मोटरसाईकलमा सवार तीन जना घाईते भएका छन् ।बरहथवा नगरपालिका ९ स्थित मुक्तेश्वर चोकमा मधेश प्रदेश सरकारका उर्जा,सिँचाई तथा खानेपानी राज्य मन्त्री चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको सरकारी सवारी साधनको ठक्करकबाट बा ४३ प १२६३ नम्बरको मोटरसाईकलमा सवार तीन जना युवा घाईते भएका इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम प्रहरी नायव उपरिक्षक सुमन लामिछानेले जानकारी दिए ।
सरकारी सवारी साधनको ठक्करबाट बरहथवा नगरपालिका ५ का अन्दाजी वर्ष १८ का सुमन महतो,चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका अन्दाजी वर्ष १८ का दिपक महतो र बागमती नगरपालिका १० शंकरपुरका अन्दाजी वर्ष १९ का अजय महतो घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारका उर्जा,सिँचाई तथा खानेपानी राज्य मन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको स्कारपियोले तीनजनालाई ठक्कर दिएको हो ।सरकारी स्कारपियोको ठक्करबाट घाईते भएका तीन जना मध्य बागमती नगरपालिका १० शंकरपुरका अन्दाजी वर्ष १९ का अजय महतोको अवस्था चिन्ताजनक छ । घाईते तीनै जनाको वीरगन्जमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै सरकारी स्कारपियोमा सवार सबै जना भागेपछि स्थानीयले सरकारी सवारी साधन तोडफोड गरेका छन् भने सो सवारी साधन अहिले ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको छ ।सरकारी स्कारपियोमा मधेश प्रदेश सरकारका उर्जा,सिँचाई तथा खानेपानी राज्य मन्त्री शेख अबुल कलाम आजाद सवार रहे नरहेको विषयमा प्रहरीले खुलाएको छैन् ।धमेश प्रदेशका जिल्लाहरुमा पछिल्लो सयममा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग हुने गरेको भएपनि सरोकारवाला निकाय मौन देखिएको छ ।