Close This

लामो समयदेखि बन्द रहेका जिल्लाका चारवटै सिनेमा हल सञ्चालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१९ गते   ४१ पटक हेरिएको

सर्लाहीको लालबन्दी र हरिवनमा रहेका सिनेमा घर शुक्रबारबाट सञ्चालनमा आएका छन् ।कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न भन्दै नेपाल सरकारले निषेधाज्ञा जारी गरेपछि बन्द भएको सिनेमा घरहरु शुक्रबारबाट सञ्चालनमा आएका हुन् । 
अब नियमित रुपमा हल सञ्चालनमा ल्याईने नेपाल चलचित्र संघका केन्द्रीय सदस्य एवम हरिवन सिनेमा घरका सञ्चालक निरोज कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार कोरोना भाईरस संक्रमणका कारण २०७६ चैत ५ गतेबाट बन्द भएको सिनेमा हल २०७७ साल अन्तिममा खोलिएपनि दर्शक अभावले नियमित सञ्चालन हुन सकेको थिएन । २०७८ वैशाखबाट फेरि कोरोना भाईरस संक्रमण बढेपछि देशव्यापी लकडाउन भएसँगै हलहरु पुर्ण रुपमा बन्द भएका थिए ।
विभिन्न तीन सोमा सर्लाहीका चलचित्रहलहरु सञ्चालन हुने छन् । जिल्लाको लालबन्दी, हरिवन बाहेक मलंगवा र बरहथवामा समेत चलचित्र हलहरु सञ्चालनमा आएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech