एकिकृत समाजवादीको हरिवन ८ को वडा भेला सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२३ गते   १८५ पटक हेरिएको

नेकपा(एकिकृत समाजवादी) सर्लाहीले हरिवन नगरपालिका वडा नम्बर ८ मा वडा भेला सम्पन्न गरेको छ । हरिवन नगरपालिका ८ चापिनिमा भएको वडा भेलाले अशोक थापाको अध्यक्षमा ७५ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा(एकिकृत समाजवादी) हरिवन नगर कमिटि अध्यक्ष चुडामणी वाग्लेले जानकारी दिनु भयो ।
नगर अध्यक्ष वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य डिल्ली प्रसाद उप्रेती एवम बेची लुङेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, सचिब गोबिन्द अधिकारी, उप सचिब रेणुका काफ्ले, दिल बहादुर फुयाल लगायतको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा  सय वर्ष पुरा गर्नु भएका तीनजना जेष्ठ नागरिकहरुलाई  सम्मान  गर्नुको साथै व्हिल चियर वितरण गरिएको नेकपा(एकिृकत समाजवादी) सर्लाहीका संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनु भयो ।
हरिवन नगरपालिका ८ को भेलाले सन्तोस भुजेलको नेतृत्वमा युवा संघ, रत्न भुजेलको नेतृत्वमा खेलकुद महासंघ, कुमार नेपालीको नेतृत्वमा दलित संगठन र मुनु आलेको नेतृत्वमा महिला संघको  वडा कमिटी समेत गठन गरेको नेकपा(एकिकृत समाजवादी)ं हरिवन नगर कमिटिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech