सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहको सरुवा भएको छ।पटक पटक विवादमा पर्दै आएका प्रमुख प्रशासकीय अधिकृत साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको बहुदरमाई नगरपालिकामा सरुवा गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत साह कार्यालयमा बस्दै नबस्ने र लालबन्दी तथा चन्द्रनिगाहपुरमा बसेर कार्यालय संचालन गरी आर्थिक अनियमितता गर्ने गरेका स्थानीयको व्यापक गुनासो पछि केही दिन पहिला लालबन्दीमा सञ्चालन गरिएको हरिपुर्वा नगरपालिकाको अर्काे कार्यालयमा स्थानीय युवाहरुले सामान्य विवाद समेत गरेका थिए ।
हरिपुर्वा नगरपालिका ८ का वडा अध्यक्ष रमेश यादव सहितका केही जनप्रतिनिधिहरु र स्थानीयको टोलीले हरिपुर्वा नगरपालिकाको लालबन्दीमा सञ्चालन गरिएको अर्काे कार्यालयमा सामान्य तोडफोड गरेका थिए । सर्लाहीको हरिपुर र मलंगवा नगरपालिकाका साथै ब्रम्हपुरी र विष्णु गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भई रहेका छन् भने अब हरिपुर्वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो ।