साँढे ९ करोड बजेट फ्रिजले चन्द्रनगरमा जनप्रतिनिधि र कर्मचारीहरु विचको विवाद फेरी चर्कियो

192 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको करिब साँढे नौ करोड रकम फ्रिज भएको छ। आर्थिक वर्ष २०८२/०८३ को रु नौ करोड ४० लाख बजेट पुनःउपलब्ध गराइदिन चन्द्रनगर गाउँपालिकाले माग गरेपछि उक्त रकम फ्रिज भएकाले रहस्य फेला परेको हो ।प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह र इन्जिनियर राजेश कुमार यादवका कारण गाउँ गौरवको आयोेजनाको रु नौ करोड ४० लाख बजेट फ्रिज भएको भन्दै गाउँपालिका अध्यक्ष राज कुमार महतोले संघीय सरकारसंग उत्त रकम फिर्ता पठाई दिन माग गरेका हुन ।
उनका अनुसार सानो गाउँपालिका का लागि रु नौ करोड ४० लाख बजेट खर्च हुन नसकेर फिर्ता हुँनु नागरिकका लागि ठूलो क्षति हो।चन्द्रनगर गाउँपालिका ६ मा १५ शैयाको अस्पताल निर्माणका लागि आएको रु तीन करोड, निर्माणाधीन गाउँपालिका कार्यालय भवनका लागि प्राप्त रु एक करोड २६ लाख,नाढीमन तालको विकास, पुनर्निर्माण र सौन्दर्यकरणको रु ४२ लाख,चन्द्रनगर गाउँपालिका १ र ६ को कालोपत्रे सडकका लागि प्राप्त रु एक करोड पाँच लाख, विद्यालय भवन निर्माणका लागि रु ५५ लाख र पोषणका लागि सोहजन अन्तर्गत मोरिङ्गा फ्याक्टूी बनाउन विनियोजित रु दुई करोड ५० लाख बजेट फिर्ता भएको गाउँपालिका अध्यक्ष महत्तोले बताए ।
आफूले बारम्बार ताकेता गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत साह र र इन्जिनियर यादवले ठेक्का निकाल्न अटेरी गर्दा बजेट फ्रिज भएको उनको आरोप छ ।यसबारेमा असार २६ गते भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई भेटेरै तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बजेट घाटाको क्षतिपूर्ति दिन मागसहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष महतोले बताए ।
यता,गाउँपालिका अध्यक्ष महत्तोले आफू र इन्जिनियरलाई बदनाम मात्र गराउन खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले दावी गरे । गाउँपालिका अध्यक्ष महत्तोले काम नै नभएको योजनाको बजेट निकासाका लागि दबाब दिएका प्रमुख प्रशासकीय अधिकृत साहको आरोप छ।उनले केही आयोजनामा अघिल्ला आर्थिक वर्षहरुदेखि नै त्रुटी देखिएकाले काम गर्न नसकिएको दावी गरेका छन् ।
बिचमा जेनजी आन्दोलन,निर्वाचन आचारसंहितालगायतले पनि योजनाहरु छुटेका प्रमुख प्रशासकीय अधिकृत साहले बताए।बजेट फ्रिज हुनुमा आफूहरुको कुनै दोष नरहेको प्रमाण सहितको कागजात मन्त्रालयमै गएर बुझाएको प्रमुख प्रशासकीय अधिकृत साहको भनाइ छ ।बजेट फ्रिजसम्वन्धी घटनाले चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच विवदा फेरी सृजना भएको छ ।
भ्रष्टाचार गर्न माहिर मानिएका गाउँपालिका अध्यक्ष महत्तोले केही समय पहिला तीनै इन्जिनियर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए भने बाँडीचुँडी खान पाउँदा तीनै प्रम्ुख प्रशासकीय अधिकृत साह ठिक मान्थे तर अहिले कमिसनको भागवण्डा नमिलेपछि अहिले उनीहरु नै खराब भएका छन् ।

सम्बन्धित समाचार