सर्लाहीका किसानहरुलाई यस वर्षपनि फौजी किराले खुःद दिन थालेको छ।विगत करिब पाँच वर्षदेखि सर्लाहीको चुरे क्षेत्रका किसानहरुलाई पाँच वर्षदेखि अमेरिकन फौजी किराले असाध्य दुःख दिइ रहेको किसानहरुको गुनासो छ ।आकाशे वर्षाको भरमा खेती हुने सर्लाहीका चुरेक्षेत्रमा अहिले फौजी किराले मकै बालीमा व्यापक क्षति गरिरहेको किसानहरुको गुनासो छ।चुरेक्षेत्रमा पर्ने लालबन्दी,ईश्वरपुर,हरिवन र बागमती नगरपालिकाको माथिल्लो भेगका किसानहरुले लगाएको मकै बालीमा फौजी किराले व्यापक क्षति गरिरहेको हो ।
फौजी किराले मकैको पात खाएर डाँठ मात्रै बाँकी राखेको किसानहरुको गुनासो छ।एक साताअघि रोपेर भर्खरै उम्रिएको मकै तथा गोडमेल गरेर मलखाद हाल्ने बेला भएको मकै बालीमा व्यापक मात्रामा फौजी किराको प्रकोप देखिएको हो।पाँच वर्षअघि अचानक देखा परेको फौजी किराले त्यसयता हरेक वर्ष मकै बालीमा क्षति गरिरहेको छ ।फौजी किराको प्रकोप सुरु भएदेखि मकै उत्पादन वर्षेनि घटि रहेको किसानहरुको भनाई छ । फौजी किराले पात काटेर मकैको बोट जोगाउनै गाह्रो पर्ने गरेकाले उत्पादन घटेको उनीहरुको भनाई छ । फौजी किराले दिनमा भन्दा रातको समयमा मकैको पात बढी खाने गरेको छ । किरा मार्न भन्दै किसानहरुले दिउँसोको मध्य घाममा औषधी छिट्ने गरेका छन् ।अनेक प्रयास गर्दा पनि फौजी किरा नियन्त्रणमा आउन नसकेको कृषि प्राविधिकले बताए।पानी पर्न थालेपछि फौजी किरा विस्तारै कम हुने उनीहरुको भनाई छ ।