सिन्धुलीको मरिण गाउँपालिकाका करिब २ सय जना विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी जसपा को मरिण गाउँ कमिटि नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा(माओवादी केन्द्र) मरिण गाउँ कमिटिले जनाएको छ ।
जसपा मरिण गाउँपालिका कमिटीका अध्यक्ष मोतिलाल घोले तामाङको नेतृत्वमा करिब १ सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसैगरी नेपाली काँग्रेस, नेकपा(एमाले), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गरि अरू करिब ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रको मरिण गाउँपालिकाका अध्यक्ष एवम माओवादी केन्द्रका नेता विमर्स मोक्तान(प्रख्यात) ले जानकारी दिनु भयो ।
नव प्रवेशीहरूलाई नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री हरिबोल गजुरेल लगायतका नेताहरूले खादा र अविर लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।
जनताको हितको काम गर्ने एकमाज्ञ पार्टी नेकपा(माओवादी केन्द्र) मात्रै भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको जसपा मरिण गाउँकमिटीका अध्यक्ष घोलेले बताउनुभयो ।साना दल त्यसमा पनि पटक पटक विघटन र टुटफुट भईरहने पार्टीमा लागेर जनताको आवश्यकता र अपेक्षा पूरा गर्न नसकिने भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको घोलेले बताउनु भयो ।