Close This

घ्याङ्लेखको नेपाल एस बि आई बैंक शिल्ड, बैंकका ३ जना कर्माचारीमा कोरोना संक्रमण पुष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-७ गते   १०३ पटक हेरिएको

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका २ हायुटारमा रहेको नेपाल एस बि आई बैंक शिल्ड गरिएको छ । वैकमा काम गर्ने ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि १५ गतेसम्मका लागि बैंकको सेवा बन्द गरिएको गाउँपालिकाकी उपाध्यक्ष दुर्गादेवी सुनुवारले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो ।
बुधबार एण्टीजेन मार्फत स्वाव परिक्षण गरिएकोमा बैंकमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राही आईरहेको र थप संक्रमण फैलिन सक्ने भएकाले संक्रमण फैलिन नदिन बैंक सिल्ड गरिएको उपाध्यक्ष सुनुवारले बताउनुभयो । 
घ्याङ्लेख गाउँपालिकामा हालसम्म २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल गाउँपालिकामा ३ जना संक्रमित होम आईसोलेसनमा रहेका छन् भने अन्य संक्रमित उपचार पछि निको भएका छन् । हाल संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यमा समस्या भएमा गाउँपालिकाले तयार पारेको आईसोलेसनमा ल्याई उपचार गरिने उपाध्यक्ष सुनुवारले बताउनुभयो । घ्याङ्लेख गाउँपालिकाले ५ वटै वडामा २० वेडको आईसोलेसन निर्माण गरेको छ । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech