लालबन्दी जेसिजद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

3.3k Shares

सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोडमा रहेको मानव सेवा आश्रमलाई लालबन्दी जेसिजले खाद्यान्न सहयोग गरेको छ । लालबन्दी जेसिजले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको हो ।
लालबन्दी जेसिजले चामल २५० केजी, दाल ३० केजी, चना २० केजी, आलु ६० केजी, २० लिटर तेल, १२० प्याकेट चाउचाउ र २०० पिस सर्जिकल मास्क हस्तान्तरण गरिएको लालबन्दी जेसिजका अध्यक्ष श्यामकुमार खड्काले जानकारी दिनु भयो । नेपाल जेसिजको विधि पदत्ति र सांगठानिक संरचनामा रही चन्द्रनिगाहपुर सिटि जेसिजले मातृत्व प्रदान गरेको लालबन्दी जेसिजले स्थापनाको खुसि साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको उहाँले बताउनु भयो । 


बेघर, बेसाहारा मानवको अभिभावकीय संस्थाको रुपमा रहेको मानव सेवा आश्रममा कोरोना कहरका कारण खाद्यान्न लगायको समस्या परेको सुचना पाइपछि लालबन्दी जेसिजले करिब रु ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको संस्थाका कानुनी सल्लाहकार मनोज बख्रेलले जानकारी बताउनु भयो । शनिबार बिहान मानव सेवा आश्रममै आयोजित हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले सहयोगी युवा मनको उच्च सम्मान गर्दै धन्यावाद समेतदिनुभयो । 
 त्यस्तै लालबन्दी जेसिजका तर्फबाट शुभकामना मन्तब्य राख्दै युवा व्यवसायी सुदेश ढुङ्गानाले निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भयो । खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रममा लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरे, वर्तमान अध्यक्ष खड्का,कानुनी सल्लाहकार बख्रेल,युवा व्यावसायी ढुंगाना, लालबन्दी जेसिजका कार्यकारी उपाध्यक्ष सरोज न्यौपाने, केशव खड्का, महासचिव राजकुमार सिंह, उपाध्यक्षद्वय कुमार घिमिरे र सन्तोष पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार