प्रहरीको गोलीलागि मृत्यु भएको ३ दिन सम्मपनि शव उठेन,सरोकारवाला निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३१ गते   १४३२ पटक हेरिएको

उदयपुरको कटारी नगरपालिका १० मा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।
प्रहरीको गोली लागि कटारी नगरपालिका १० स्थित सोरुङमा मतदान गर्न गएका स्थानिय अन्दाजी वर्ष १८ का नविन कटुवालको घटना स्थलमै ज्यान गएको छ भने अर्का मोहन श्रेष्ठ घाईते भएका छन् । 
बैशाख ३० गते मतदान गर्न गएका कटुवाको उदयपुर प्रहरीको गोली गोली लागेर घटनास्थलमै ज्यान गएको र अर्का श्रेष्ठ घाइते भएका स्थानियले बताएका छन् ।
मतदान स्थलमा केही होहल्ला भएको भएपनि गोली चलाउनु् पर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको र ताकी ताकी गोली हानेका कारण कटुवालको ज्यान गएको पीडित परिवारले बताएका छन् । बैशा ख ३० गते गोली लागि मृत्यु भएका कटुवालको शव उठाउने विषयमा स्थानिय प्रशासन मौन रहेको पीडितको आरोप छ । 
यता,जिल्ला प्रहरी कार्यालय उदयपुरले बुथ कब्जा गर्न खोज्दा हवाई फायर गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभाषचन्द्र बोहोराले बुथ कब्जा गर्न खोज्दा प्रहरीले गोलीचलाउनु परेको र कटुवालको प्रहरीको गोली लागेन नभई अन्य कारणले ज्यान गएको दाबी गर्नु भयो ।
घटना बैशाख ३० गते भएको भएपनि जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय उदयपुरले कुनै वास्ता नगर्दा ३ दिन सम्म पनी कटुवालको शव घटनास्थलमै रहेको छ भने स्थानीय र पीडित पक्षले प्रहरी प्रशासनका विरुद्ध चर्काे नारावाजी गरेका छन् । उनिहरुले प्रहरीको गोली लागि घटनास्थलमै ज्यान गएका कटुवालको विषयमा मानव अधिकार सहितको टोलीले अनुसन्धान गर्नु पर्ने, गोली चलाउने प्रहरीलाई कार्बाही हुनु पर्ने,पीडित पक्षले उचित क्षेतीपुर्ती पाउनु पर्ने घाइतेको निशुल्क उपचार हुनु पर्ने लगायतका माग राख्दै सो क्षेत्रमा नारावाजी गरि रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech