वडाका अति आवश्यक आधारभुत आवश्यकतामाथी वजेट विनियोजन गर्दै लालबन्दी नगरपालिकाको छैठौँ नगर सभा समापन,

3.1k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आफ्नो छैठौँ नगर सभा बिहिवार सम्पन्न गरेकोे छ ।  असार १० गते उद्घाटन गरी आर्थिक वर्ष २०७८÷०७९ का लागि वार्षिक नीति, कार्यक्रम र बजेट पारित गर्दै नगरपालिकाले आफ्नो नगरसभा बिहिवार सम्पन्न गरेको हो ।
 सभाले रु १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ बराबरको बजेट पारित गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो । नगर सभा सदस्यहरुबाट पारित गरिएका वार्षिक नीति, कार्यक्रम र बजेट आगामी साउन १५गते भित्र सबै सरोकारवालाहरुलाई उपस्थित गराई औपचारिक रुपमा सार्वजनिक गरिने नगर प्रमुख खड्काले बताउनु भयो ।
अहिलेको बजेट हालका जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बजेट समेत हुन सक्ने भएका कारण निकै सम्वेदनसिल भएर ल्याएको पनि उहाँले बताउनु भयो ।
नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुका साथै पार्टीका नेताहरुले नगरपालिकालाई ज्ञापन पत्र नै बुझाएर बजेटलाई जनमुखी र समावेशी बनाउन माग गरेका थिए ।
तर नगर प्रमुख खड्काले नगरका १७ वटै वडालाई समान रुपमा अतिआवश्यक क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार जनप्रतिनिधिहरु निर्वाचित भएर आएका कारण कुनै राजनैतिक दलको नेता तथा कार्यकर्ताको रुपमा नगरले बजेटको विनियोजन नगरी  सबै वडालाई प्राथमिकताको आधारमा बजेट विनियोजन गरिएको बताउनु भयो ।
नगरपालिकाले स्वास्थ्य सेवामा सुधार एवम पहुँच, शैक्षिक विकास, भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास, वातावरण संरक्षण लगायत विपद् व्यवस्थापन, रोजगारी सिर्जना लगायतलाई बजेटमा प्राथमिकता दिएर वजेट विनियोजन गरेको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
नगरका सवै वडाका नागरिकहरुको महत्वपुर्ण आवश्यकतालाई पहिलो प्राथमिकतामा पारि वजेट विनियोजन गरिएको र बजेट विनियोजनको क्रममा कसैलाई पनि लाखापाखा नगरिएको उप प्रमुख लामाले बताउनु भयो । उहाँका अनुसार राजनैतिक आग्रह पुर्वाग्रहका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाको सभा हलमा भएको लालबन्दी नगरपालिकाको छैठौँ नगर सभामा सबै वडाबाट जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार