Close This

सर्लाही सहित चार जिल्लामा ‘पूर्ण लकडाउन’ कायम रहने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१ गते   २९० पटक हेरिएको

 नेपाल सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएका जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ । जस अनुसार प्रदेश नम्बर २ का सर्लाही र रौतहट परेका छन भने कपिलवस्तु र दैलेखमा पनि लकडाउन जारी रहने भएको छ ।
यी चार वटै जिल्लामा ‘एक्टिभ’संक्रमण संख्या २ सय बढी संक्रमित रहेका छन । सर्लाहीमा सोमबार फेला परेका २७ जना सहित ५१४ जना, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय बढी ‘एक्टिभ’ संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल लकडाउन पहिलेकै अवस्थामा लागू हुने बताएका छन् ।
शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । जसमा तीन जिल्लामा मात्र २ सय ‘एक्टिभ’ संक्रमण छ । झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech