बागमती १२ का करिब ४ सय जना माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१ गते   १३० पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १२ मा भएको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा करिब ४ सय जना नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । बागमती नगरपालिका १२ मा भएको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा(एमाले) छाडी करिब ४ सय जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ आउन केही दिन मात्रै बाँकी रहँदा नेकपा(एमाले)सर्लाही क्षेत्र नम्बर ३ का करिब ४ सय जना स्थानीय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र बागमती नगर कमिटिले जनाएको छ ।
बाग्मती नगरपालिका १२ काजीराम टोलका सबै एमाले नेता तथा कार्यकर्तासहित शुभेच्छुहरू माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र बागमती नगर कमिटिका अध्यक्ष ...ले जानकारी दिए । उनका अनुसार  सबैलाई माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलले पार्टीमा स्वागत गरेकी हुन ।
‘एमाले काजीराम टोलका करिब ४ सय जना नेता तथा कार्यकर्ता बुधबार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ,’बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम श्रेष्ठले जानकारी दिए । एमालेभित्र व्यक्तिवाद मौलाएको,अहंकार र मनपरीतन्त्र बढेर पार्टी परित्याग गरेको माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech