विद्यालयले घुम्ती कोष खडा गरी खेपी ब्याज(मिटर ब्याज) असुल्दा अभिभावकहरुको उठिबास

597 Shares

रामेछापको खाँडादेवी गाउँपालिका ४ स्थित रहेको एक विद्यालयले घुम्ती कोषको नाममा अवैध रकम असुली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा निवेदन परेको छ ।खाँडादेवी गाउँपालिका ४ साविकको पकरबास १ स्थित रहेको सेतीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रदास श्रेष्ठ र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सुजन माझीले विद्यालयको नाममा अवैधानीक तीन महिने घुम्ती कोष संचालन गरी घुम्ती कोषको रकम संकलन गर्नको लागि विद्यालयको लेटर प्याडको समेत दुरुपयोग गरी खेपी ब्याज(मिटर ब्याज) उठाएका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी परेको हो ।आवश्यक छानबीन गरी कारवाही गरी पाउँ भन्ने शिर्षकमा २०८० असोज १० गते कार्यालयमा उजुरी परेको र त्यसको केही दिनमा १६०५ नम्बरमा उजुरी दर्ता भएको कार्यालय स्रोतले जनाएको छ ।

4f0f2086-3c9f-4ff8-9ea5-9e718cf2cfd1.jpeg
स्थानीय अभिभावकहरुले गरेको उजुरीमा“आफुहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी गर्दा समेत सो विषयमा हाल सम्म कुनै किसिमको छानविन तथा कारवाही नभएकोले यस कार्यालयबाट सुक्ष्म अनुसन्धान गरी दोषी उपर हदै सम्मको कारवाही होस् ।”उजुरीमा भनिएको छ ।

स्थानीय अभिभावकहरुका अनुसार विद्यालयका प्रधानाध्यापक श्रेष्ठ,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष माझी,खाँडादेवी गाउँपालिका ४ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल,नगरपालिकाको शिक्षा शाखाका प्रमुख मिन बहादुर थापा र गाउँपालिका उपा अध्यक्ष उषा तामाङको मिलेमतोमा विद्यालयले गैर कानूनी रुपमा घुम्ती कोष खडा गरेर खेपी ब्याज(मिटर ब्याज) असुलेका छन् ।
स्थानीयका अनुसार २०५३ सालबाटै खेपी ब्याज(मिटर ब्याज)मा घुम्ती कोष सञ्चालन भएको पाइएको भएपनि २०६१ सालदेखिको कागजातहरु फेला परेको छ।स्थानीय अभिभावकहरुले विद्यालयको भौतिक सुधारका लागि गरेको श्रमदानलाई विद्यालयका प्रधानाध्यापक श्रेष्ठले खेपी ब्याज(मिटर ब्याज)मा लगाउने गर्दा केही अभिभावकहरुको उठिबास हुने अवस्था सृजना भएको छ ।
के भन्छन् प्रधानाध्यापक श्रेष्ठ ?
विद्यालयले २०६१ साल देखि नै घुम्ती कोषको रुपमा स्थानीय अभिभावकहरुको जनश्रमदान र थप केही रकम राखेर कोष सुरु गरेको हो।मौखिक रुपमा एउटा कोष अडा गरेर ब्याजमा चलाई रहेको र त्यसको कुनै लिखित निर्णण पुस्तिकाहरु केही छैन्।सो कोषको रकम ब्याजमा लगाएर ब्याजको केही भाग विद्यालयमा भर्ना गरिएका नीजि स्रोतका शिक्षकहरुलाई तलब खुवाउन प्रयोग गरिएको हो ।दुई सय ७६ जना बचत कर्ताहरु रहेका र हाल सो रकम करिब ३० लाख रहेको छ।कोषबाट ऋण लिएका मानिसहरु ब्याज समेत बुझाउन नआएपछि विद्यालयको लेटर प्याड प्रयोग गरिएको हो ।समयमै ब्याज नबुझाउँदा हजर्ना अली बढी नै हुन गएको हो । 
के भन्छन् वडा अध्यक्ष पौडेल ?
विभिन्न किसिमका कुराहरु आएपछि वडा कार्यालयका साथै गाउँपालिकाको शिक्षा शाखाबाट पटक पटक छानविन भएको छ ।प्रधानाध्यापक श्रेष्ठले धेरै मेहनत गरेर विद्यालय बचाएका छन्।उनलाई फसाउन हुँदैन्।स्थानीयले हर हिसाब राम्रोसंग राख्न नसक्ने भएकाले प्रधानाध्यापक श्रेष्ठले सहयोग गरेका हुन।विद्यालयको लेटर प्याड विद्यालय व्यावस्थापन समितिले दुरुपयोग गरेको हो।त्यसमा प्रधानाध्यापक श्रेष्ठको कुनै संग्लग्नता छैन्।केही मिडियाकर्मीले आर्थिक प्रभावमा परेर विद्यालय र प्रधानाध्यापक श्रेष्ठलाई बद्नाम गराउने काम गरेका छन् । 
के भन्छन् शिक्षा शाखा प्रमुख थापा ?
विद्यालयमा कुम्ती कोष खडा भएको आफुलाई थाहा भएको र प्रधानाध्यापक श्रेष्ठलाई सरुवा गर्ने तयारी गरिएको भएपनि हरहिसाब गडबढी भएकाले तत्कालका लागि रोकिएको हो।सो विषयमा पटक पटक बसेर छलफल भएको छ।त्यस क्रममा घुम्ती कोषको ब्याजको केही भाग विद्यालयले प्रयोग गरेको देखिएको छ ।सो विषयमा के कसो भएको हो ? सो लेखि पठाउन परिपत्र गरिएको छ ।घुम्ती कोषको नाममा चर्काे व्याज लिएको समेत पाइएको छ । साथै म पनि सुक्ष्म तरिकाबाट छानविनमा लागेको छु ।
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट टोली गएर छानविन गरि फर्किएको पाइएको छ,भने जिल्ला प्रशासन कार्यालय रामेछापको टोलीले पनि आन्तरीक रुपमा छानविन गरि रहेको पाइएको छ ।घुम्ती कोषको नाममा २४ प्रतिशत सम्म व्याज असुलेका कारण केही अभिभावकहरुको उठिबास हुने अवस्था आएको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार