Close This

जनसांस्कृत महासंघ सर्लाहीको प्रथम जिल्ला सम्मेलन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१६ गते   ३१७३ पटक हेरिएको

जनसांस्कृत महासंघ नेपाल सर्लाहीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको कार्यालयमा आज(बिहीबार) एक कार्यक्रमको आयोजना गरि जनसांस्कृत महासंघ नेपाल सर्लाही प्रथम  जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
नेकपा(माओवादी केन्द्र)को आयोजनामा भएको सम्मेलनको  जनवादी कलाकार मोति पाख्रिङको अध्यक्षता तथा जनसांस्कृत महासंघ नेपाल,प्रदेश २ का संयोजक हिसन समालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको प्रेस सेन्टर नेपाल प्रदेश २ का  सचिव तथा कार्यक्रम प्रस्तोता भक्ति रिजालले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जर्नादन पोख्रेल,प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब),नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्त,कोष अध्यक्ष जगदेव महतो,प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रमेश अधिकारी( रितिक),जनवादी कलाकार चन्द्रकला पोख्रेल,योङ्ग कम्युनिस्ट लिग नेपाल हरिवनका उपा अध्यक्ष,  शेष ईस्तिहार,जनवादी कलाकार यादव थापा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech